समानुपातिकबाट निर्वाचित सदस्यहरुलाई आज प्रमाणपत्र प्रदान गरि

Published on

काठमाडौं– समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यहरुलाई आज प्रमाणपत्र प्रदान गरिने भएको छ ।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ निर्वाचित भएकाहरुलाई भने सम्बन्धित जिल्लामै प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतिनिधिसभातर्फ २ सय ७५ र प्रदेश सभातर्फ ५ सय ५० गरी ८ सय २५ सदस्यहरु निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले समानुपातिकतर्फको प्रमाणपत्र आज प्रदान गरेपछि अधिकांश राजनीतिक दलहरुले अब संसदीय दलको नेता चयन गर्ने प्रकृया सुरु गर्ने भएका छन् ।

निर्वाचनको सम्पूर्ण प्रकृया पूरा भएर सदस्यहरु समेत चयन भइसकेको अवस्थामा दलहरु संसदीय दलको नेता चयन गर्नेदेखि सरकार गठनका लागि गृहकार्य गरिरहेका छन् । यता संसद सचिवालयले सर्वदलीय बैठकको सहमतिपछि संसद अधिवेशन सुरु गर्ने जनाएको छ ।

कार्यव्यवस्था परामर्श समिति समेत नभएको अबस्थामा संसद सचिवालयले सर्वदलीय सहमतिका आधारमा संसद अधिवेशन सुरु गर्ने तयारी गरेको हो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...