सत्ता साझेदार दलको बैठक सुरु

Published on

काठमाडौं । सत्ता साझेदार दलको बैठक सुरु भएको छ । सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सत्ता साझेदार दलको बैठक सुरु भएको नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका सात दलको बैठक सुरु भएको हाे ।

बैठकमा नवनियुक्त प्रधानमन्त्री प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र जनता समाजवादी पार्टीका पदाधिकारी सहभागी हुनुहुन्छ । 

उक्त सात दल र तीन जना स्वतन्त्र सांसद गरी १६९ सांसदको समर्थनसहित प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आजै अपराह्न ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ । शपथ ग्रहणपछि प्रधानमन्त्री प्रचण्डले सानो आकारको मन्त्रिमण्डल विस्तार गर्दै हुनुहुन्छ । गाेरखापत्र ।

ताजा समाचार

कांग्रेस सांसद आचार्य राहत सामग्री बोकेर जाजरकोट प्रस्थान

काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद  मोहन आचार्य  राहत...

स्वर्णिम वाग्ले रास्वपा उपसभापति नियुक्त

काठमाडौं, १३ मंसिर । डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति नियुक्त भएका...

पुकार बम रास्वपा केन्द्रीय सदस्य मनोनित

काठमाडौं, १३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा पाँच जना केन्द्रीय सदस्य मनोनित भएका...

अमेरिकी राष्ट्रपति बाइडेन राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी नहुने

काठमाडौं, १३ मंसिर । अमेरिकी राष्ट्रपति जो बाइडेन संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी...