राष्ट्रपति भवनमा प्रधानमन्त्रीको शपथ ग्रहणको भव्य तयारी

Published on

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ । शपथ ग्रहणका लागि आज अपरान्ह ४ बजेको समय तय भएको छ। राष्ट्रपति भवनमा हुने विशेष समारोहका लागि आवश्यक सबै तयारी पूरा भएको जानकारी राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले दिनुभयो । 

विगत वर्षमा जस्तै राष्ट्रपति भवनको प्राङ्गणमा शपथ ग्रहणको तयारी गरिएको छ । समारोहलाई भव्य बनाउन भवनको परिसर झकिझकाउ बनाइएको छ । 

समारोहमा भाग लिन आउनु हुने विशिष्ट पाहुनाका लागि अग्रस्थानमा र अन्य पाहुनाका लागि दायाँ बायाँ बस्ने व्यवस्था मिलाइएको छ । त्यसैगरी शपथ ग्रहणको प्रत्यक्ष प्रसारण गर्न चाहने सञ्चारकर्मी, फोटो पत्रकारका लागि पनि व्यवस्था गरिएको छ । 

प्रधानमन्त्रीको शपथ ग्रहणसँगै नवनियुक्त केही मन्त्रीले पनि राष्ट्रपतिसमक्ष शपथ ग्रहण गर्नुहुनेछ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्रीहरूको नियुक्ति गर्ने र राष्ट्रपतिसमक्ष शपथ ग्रहण गर्ने संवैधानिक व्यवस्था छ । 

उहाँलाई प्रतिनिधि सभाका १६९ सांसदको समर्थन छ । प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिन लाग्नुभएको हो । 

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...