भीमदत्त नगरपालिकाद्वारा सामुदायिक चौपाया र सार्वजनिक बस व्यवस्थापनका लागि सम्भावित जग्गा खोज्न समिति गठन

Published on

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगरमा रहेको सामुदायिक चौपाया (छाडा चौपाया) र अव्यवस्थित पार्किङको समस्या समाधानका लागि सम्भावित जग्गा खोज्न समिति गठन गरेको छ । बुधबार नगर प्रमुख पदम बोगटीेको अध्यक्षतामा बसेको बैठकले नगरको प्रमुख समस्याको रुपमा रहेको गौँ तथा नंदी (छाडा चौपाया) र अव्यवस्थित पार्किङको व्यवस्थापनका लागि सम्भावित जग्गा खोज्न समिति गठन गरेको हो । नगर प्रवक्ता महेन्द्र खड्काका अनुसार गौ तथा नंदी व्यवस्थापनका लागि सम्भावित जग्गा खोज्न वडा नं. १३ का वडाध्यक्ष रामचन्द्र बोहराको अध्यक्षतामा वडा नं. १६ का वडाध्यक्ष केशव सिंह विष्ट,१४ का वडाध्यक्ष भोजराज जोशी,७ का वडाध्यक्ष गणेश चन्द, ३ का वडाध्यक्ष गगन सिंह धामी, ९ का वडाध्यक्ष गगन सिंह कार्की, १९ का वडाध्यक्ष जागुराम चौधरी र १८ का वडासदस्य सीता भण्डारी सदस्य रहने गरि समिति गठन गरिएको छ । उक्त समितिले प्रत्यक ३÷४ वडाहरुका चौपाया एक ठाउँमा व्यवस्थापन गर्न सकिने सम्भावित जग्गा खोज्ने नगर प्रवक्ता खड्काले बताए । ‘अहिले तत्काल पुरै नगरपालिका भरिका सामुदायिक चौपाया एकै ठाउँमा व्यवस्थापन गर्न जग्गा अभाव तथा अन्य कारणले सकिने अवस्था छैन ।’ उनले भने ‘त्यसैले प्रत्यक ३÷४ वडाका चौपाया एक ठाउँमा व्यवस्थापन हुनेगरि जग्गा खोज्न समिति गठन गरिएको हो ।’ यस्तै अव्यवस्थित पार्किङ व्यवस्थापनका लागि समेत सम्भावित जग्गा खोज्न समिति गठन गरिएको छ । वडा नं. ४ का वडाध्यक्ष सुशिल कुमार भट्टको अध्यक्षतामा वडा नं. १८ का वडाध्यक्ष रविन्द्र देवकोटा र इन्जिनियर जयराज भट्ट सदस्य रहने गरि पार्किङ व्यवस्थापनका लागि सम्भावित जग्गा खोज्न समिति गठन गरिएको नगर प्रवक्ता खड्काले बताए । ‘हाम्रो वसपार्कमा सबै सार्वजनिक बस पार्किङ गर्न ठाउँ छैन । त्यसैले धेरै बसहरु वसपार्क बाहिर सडकमा अव्यवस्थित रुपमा पार्किङ गरिएका छन् । जसले गर्दा सवारी दुर्घटना र बजारको सुन्दरता समेत असर गरेको अवस्था छ ।’ उनले भने ‘सडकमा पार्किङ गरिने ती सार्वजनिक बसलाई व्यवस्थित रुपमा निश्चित ठाउँमा पार्किङ गर्न बजार क्षेत्रभित्र सम्भावित जग्गा खोज्न समेत समिति गठन गरिएको छ ।’ उक्त बैठकमा नगर उपप्रमुख नीलम लेखक जोशी,वडाध्यक्ष एवम् कार्यपालिका सदस्य सहित कर्मचारी लगाएतको उपस्थिति रहेको थियो ।

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...