बाँकी जीवन सुशासन र विकासमा समर्पित गर्छु : प्रधानमन्त्री दाहाल

Published on

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि यो कार्यकालमा सुशासन र विकासमा केन्द्रीत भएर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि पहिलो पटक शनिबार गृह जिल्ला चितवन पुगेर उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

भरतपुर १० मा रहेको देशकै पहिलो नमूना विद्यालय नारायणी नमूना माविको हीरक महोत्सव समारोहको उदघाटन गर्नुहुँदै उहाँले आफुले भाषणभन्दा कामलाई प्राथमिकता दिने बताउनुभयो । उहाँले भन्नुभयो, “चितवनका शिक्षा क्षेत्रका महानुभावलाई थाहै छ, मैले मेरो बाँकी जीवन सुुशासन र विकासको लागि समर्पित गर्ने प्रतिवद्धता गरेको छु ।”

आफुले तेस्रो पटक प्रधानमन्त्रीको शपथ खाँदै गर्दा सुशासन कायम गर्नुपर्ने ऐतिहासिक आवश्यकता र जनताले विभिन्न क्षेत्रमा पाइरहेका सास्तीबाट मुक्त गर्नुपर्ने, जनतालाई असर पार्ने कुनै पनि निर्णयमाथि कठोर भएर निर्णय लिने र राष्ट्र र जनता पक्षमा जाने संकल्प लिएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा सुधार, आम नागरिको जनजीवन सहज बनाउने विषयमा आफ्ना क्रियाकलाप केन्द्रीत गर्ने बताउनुभयो । सुशासन र समृद्धिका लागि एकजुट हुन सबै देशवासीलाई आह्वान पनि गर्नुभयो । गोरखापत्र ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...