ईयूको सुरक्षा जोखिम सूचीबाट हट्ने नेपालको अपेक्षा

Published on

काठमाडौं । नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न युरोपेली सङ्घ ९ईयु०को टोली नेपाल आउने भएको छ। अबको एक, दुई महिनाभित्रै ईयुको टोली अडिटका लागि नेपाल आउने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘‘नेपालको हवाई सुरक्षाको अडिटको लागि ईयूको प्राविधिक टोली केही महिनापछि नेपाल आउन लागेको हो। मिति यकिन नभए पनि अर्को महिनाको अन्तिमसम्म टोली आउन सक्छ।’’ केही महिना अघि पनि ईयूको टोली नेपाल आएर नेपालको हवाई सुरक्षाको प्रारम्भिक अध्ययन गरेको थियो। सो क्रममा उक्त टोलीले नेपालले हवाई क्षेत्रमा धेरै सुधार गरेको बताएको थियो। ‘‘ईयूको टोलीले गरेको प्रारम्भिक अध्ययनले मात्र पुग्दैन। अब टोली आएर अडिट गरेपछि मात्र नेपाली आकाश सुरक्षित छ कि छैन भन्ने थाहा हुन्छ’’, उहाँले भन्नुभयो।

टोलीले यसअघि गरेको प्रारम्भिक अध्ययनले नेपालको आकाश सुरक्षित रहेको प्रतिवेदन दिएकाले अब छिट्टै ईयूको प्रतिबन्ध फुकुवा हुने विश्वास गर्न सकिन्छ। ईयुअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि गम्भीर सुरक्षा चासो देखाउँदै आएको छ। सन् २०१३ बाटै अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन सङ्गठन ९आइकाओ० गम्भीर सुरक्षा चासो ९एसएससी० को सूचीमा राखेकोमा सन् २०१७ देखि हटाएको थियो। आइकाओले नेपाललाई गम्भीर सुरक्षा सूचीमा राखेलगत्तै ईयूले नेपालको उडान सुरक्षामा चासो देखाउदै कालो सूचीमा राखेको थियो। ईयूको टोलीले नेपालको उडान क्षेत्रको कानुनी प्रावधान, दुर्घटनाको अनुसन्धान, व्यवस्थापन र प्राविधिक पक्षको अध्ययन गर्नेछ। आइकाओको अडिट प्रतिवेदनमा नेपाल ग्लोबल एभरेजभन्दा माथि रहेकाले ईयुको टोलीको अडिटपछि सुरक्षा जोखिम सूचीबाट हटेर नेपाल वायुसेवा कम्पनीले युरोप उडान भर्न पाउने निरौलाले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘आइकाओको प्रारम्भिक प्रतिवेदनमा नेपाल एभरेजभन्दा माथि रहेकाले ईयूको टोलीको अडिटपछि सुरक्षा जोखिमबाट हटेर नेपालका वायुसेवा कम्पनीले युरोपमा सिधै उडान गर्न पाउनेछन्।’’ नेपाल आएर हवाई क्षेत्रको अडिट गरेपछि तयार पारेको प्रतिवेदन ईयू सदस्य राष्ट्रको बैठकमा पेश गर्नेछ। बैठकले प्रतिवेदन पारित गरेपश्चात मात्र नेपाल सुरक्षा जोखिमबाट हट्नेछ।

ईयूको बैठक ६–६ महिनामा बस्नेछ। मे महिनामा बस्ने बैठकमा ईयूको अडिट प्रतिवेदन पेश गर्ने अपेक्षा प्राधिकरणले गरेको छ। ईयूको सुरक्षा सूचीका कारण नेपालमा दर्ता भएका अन्तर्राष्ट्रिय जहाज यूरोपको आकाशमा उड्न पाएका छैनन्। अहिले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले यूरोप उडान भर्न पाउँदैनन्। तर यूरोपका जहाजले नेपालको आकाश सहजरुपमा प्रयोग गर्न पाउँछन्। यसअघि सन् २०१३ देखि २०१७ सम्म नेपाली आकाश असुरक्षित भएको भन्दै ईयूले कालो सूचीमा राखेको थियो। सन् २०१७ यता गम्भीर सूचीबाट हटे पनि नेपाललाई ईयूले सुरक्षा चासोयुक्त मुलुकको सूचीमा राखेको छ। गोरखापत्र ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...