जे आर भट्टको “मेरी इजु” देउडा गितको भिडियो सार्बजनिक

Published on

काठमाडौं । लोक देउडा कलाकार जे आर भट्टको “मेरी इजु” नामको देउडा गितको भिडियो सहित सार्बजनिक भएको छ । JR Bhatta युट्युब च्यानलबाट उक्त गीत शुक्रबार सार्बजनिक भएको हो।गाउँघरतिर गाइने मौलिक गीत मेरि इजुको भाका सङ्कलन गरि गीतमा नयाँपन दिएका छन। जे आर भट्टले शब्द सिर्जना गरेको उक्त गित भुमिराज थापाले एरेन्ज गरेका छन् भने सेर बोहराले मिक्सिङ गरेका छन् । गायिका गौरी भट्ट र जे आर भट्टको आवाज रहेको उक्त गीतमा छोरिको पराइ घर जादाको पिडालाइ शब्द मार्फत प्रस्तुत गरिएको छ भने पुरानो चालचलन र परम्परालाइ गौरब जोशी र जे आर भट्टले डोटेली भासाको र्‍याफ मार्फत व्याख्या गरेका छन्।
जे आर भट्ट र झरना बोहराले अभिनय गरेको म्युजिक भिडियो पुस्प भट्टले छायांकन गरेका छन भने मासुम बिस्टले निर्देशन र बिस्णु खड्काले सम्पादन गरेका छन्। न अभिनयमा कलाकार अमृत नाथ, बासुदेव भट्ट, किसु पन्त, दिपक भट्ट, मनोज भट्ट, रवी सानू, धिरज बुढा, उमाकान्त जोशी लगायतको पनि महत्त्वपूर्ण भूमिका रहेको छ । बैतडिको खोडपेमा जन्मिएका जे आर भट्ट सानै उमेरदेखी प्रत्यक्ष देउडा खेल्दै आएका छन्। उनले यस अघिपनी केही गितहरुमा शब्द सिर्जना र केही देउडा गित आफैले गाएका छन। पछिल्लो समय जे आर भट्ट समाजिक सन्जालहरुमा देउडा प्रस्तुत गर्दै लाखौं दर्सकहरुमाझ छुट्टै पहिचान बनाउदै आएका छन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...