विश्लेषणपछि मात्रै विश्वासको मत दिनेबारे निर्णय लिन्छौं : अध्यक्ष नेपाल

Published on

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार कुन ढङ्गले अघि बढ्छ त्यसको विश्लेषण गरेर मात्रै विश्वासको मतबारे निर्णय लिने बताउनुभएको छ। शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति व्यक्तिगत रुपमा आफू सकारात्मक रहेको बताउनुभयो। पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले भन्नुभयो, “एमालेसँग एकता गर्ने विषयमा मलाई कसैले पनि केही भनेको छैन्। व्यक्तिगत भावना राख्नेको बेग्लै कुरा भयो। म प्रति सद्भाव राख्नेको बेग्लै कुरा हो, सद्भाव राख्नेहरु सबैलाई धन्यवाद छ। तर त्यो भावना निजात्मक भइदियो भने त्यसको कुनै अर्थ नहुँदो रहेछ।”

एकीकृत समाजवादी पार्टी कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने, सुदृढ गर्ने अभियानमा अगाडि बढ्ने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “अब विश्वासको मतको बारेमा हामीले जम्मै प्रश्नको विषयमा विश्लेषण गर्नेछौं। व्यक्तिगत रुपमा प्रचण्डजीप्रति मेरो पोजेटिक नै धारणा छ। जहाँसम्म सरकार कुन ढङ्गले अगाडि बढ्छ, त्यो हेरिकन हामी टुङ्गो गर्छौं।” उहाँले जनता समाजवादी पार्टीसँग तत्काल एकता प्रक्रिया सुरु हुने भन्नुहुँदै साना वामपन्थी दलसँग एकता र सहकार्यका लागि अघि बढ्ने बताउनुभयो। “अब हामी पार्टी निर्माण गर्ने अभियानमा जुट्ने हो। पार्टीलाई सुदृढ गर्ने र विस्तार गर्ने राष्ट्रव्यापाी अभियान लिएर अघि बढ्छौं। हाम्रो ध्यान जनताका इस्युहरु, राष्ट्रका इस्युहरु उठान गर्ने कुरामा केन्द्रीत हुनेछ”, उहाँले भन्नुभयो। गोरखापत्र ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...