सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन शीर्ष नेतालाई बुझाइयो

Published on

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि गठित समितिले न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाएको छ। शनिबार साँझ नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन बुझाइएको हो।

शनिबार साँझ कार्यदलका संयोजक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा उच्चस्तरीय संयन्त्रका संयोजक एमाले अध्यक्ष केपी ओलीलाई प्रतिवेदन बुझाउनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिनुभयो। शनिबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकमा प्रतिवेदन बुझाइएको हो। उक्त बैठकमा राष्ट्रिय जनता पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठसहितका नेता उपस्थित हुनुहुन्थ्यो। 

उपप्रधान तथा अर्थमन्त्री पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलमा नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन, जनता समाजवादी पार्टीका नेता रकम चेम्जोङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका धवल शमशेर राणा र राष्ट्रिय स्वतन्त्र पार्टीक मुकुल ढकाल सदस्य हुनुहुन्छ। प्रतिवेदनमा सरकार सञ्चालनलाई प्रभावकारी ढंगले सञ्चालन गर्नेगरी सरकारका प्राथमिकता निर्धारण गरिएको छ।  सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रका विविध विषयलाई समेटेर प्रतिवेदन तयार गर्न पुस १४ गते कार्यदल बनाएको थियो। कार्यदलले तयार पारेको प्रतिवेदन अध्ययन गरेर सार्वजनिक गर्ने तयारी शीर्ष नेतृत्वले गरेको छ। गाेरखापत्र ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...