६० सांसदको समर्थन सहित प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्कीको दाबी

Published on

काठमाडौं । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा ९एमाले० संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेस गर्नुभएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङ्ले दाबी पेस गर्न दिनुभएको समयभित्रै आइतबार अपराह्न ४ बजे नेता कार्कीले प्रदेश सभाका ६० सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री पदमा नियुक्त गर्न दाबी पेस गर्नुभएको हो।

प्रदेश सभामा रहेका ९३ सदस्यमध्ये सरकार बनाउन ४७ सदस्य आवश्यक पर्नेमा दुई तिहाइ नजिक सांसदको समर्थनमा उहाँले मुख्यमन्त्री दाबी गर्नुभएको हो। प्रदेश सभामा रहेका नेकपा एमालेका ४०, माओवादी केन्द्रको १३, राप्रपाका ६ र जसपाका १ जना प्रदेश सभा सदस्यले नेता कार्कीलाई समर्थन गर्नुभएको छ।

प्रदेश सभामा कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा प्रदेश प्रमुख खापुङले दुई वा सो भन्दा बढी दलको समर्थनमा सरकार बनाउनका लागि आइतबार साँझसम्मको समय दिनुभएको थियो। कार्कीलाई मुख्यमन्त्री बनाउन नेकपा ९माओवादी केन्द्र० संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलासहित नेता प्रदेश प्रमुखको कार्यालय उपस्थित हुनुभएको थियो। प्रदेश प्रमुखले नेता कार्कीलाई आजै मुख्यमन्त्री नियुक्त गर्नुहुने बताइएको छ। गोरखापत्र ।

ताजा समाचार

नक्कली परीक्षार्थी पक्राउ, सात दिनको म्याद थप

काठमाडौँ । प्रहरीले नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । लोक सेवा आयोग, पोखरा कार्यालयमा...

चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला

काठमाडौँ । “अब त यस्तो लाग्न थालिसक्यो, एक दिन जङ्गल नपस्दा र जङ्गली जनावर...

राजकाँडा धुलीकोट ऐतिहासिक पर्यटकिय स्थल ओझेलमा

काठमाडौँ । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका ७ मा एउटा ऐतिहासिक भग्नावशेष छ । जसलाई...

अव्यवस्थित सहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बढ्दो अव्यवस्थित सहरीकरणले विश्वमै समस्या ल्याएको र...