६० सांसदको समर्थन सहित प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्कीको दाबी

Published on

काठमाडौं । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा ९एमाले० संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेस गर्नुभएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङ्ले दाबी पेस गर्न दिनुभएको समयभित्रै आइतबार अपराह्न ४ बजे नेता कार्कीले प्रदेश सभाका ६० सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री पदमा नियुक्त गर्न दाबी पेस गर्नुभएको हो।

प्रदेश सभामा रहेका ९३ सदस्यमध्ये सरकार बनाउन ४७ सदस्य आवश्यक पर्नेमा दुई तिहाइ नजिक सांसदको समर्थनमा उहाँले मुख्यमन्त्री दाबी गर्नुभएको हो। प्रदेश सभामा रहेका नेकपा एमालेका ४०, माओवादी केन्द्रको १३, राप्रपाका ६ र जसपाका १ जना प्रदेश सभा सदस्यले नेता कार्कीलाई समर्थन गर्नुभएको छ।

प्रदेश सभामा कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा प्रदेश प्रमुख खापुङले दुई वा सो भन्दा बढी दलको समर्थनमा सरकार बनाउनका लागि आइतबार साँझसम्मको समय दिनुभएको थियो। कार्कीलाई मुख्यमन्त्री बनाउन नेकपा ९माओवादी केन्द्र० संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलासहित नेता प्रदेश प्रमुखको कार्यालय उपस्थित हुनुभएको थियो। प्रदेश प्रमुखले नेता कार्कीलाई आजै मुख्यमन्त्री नियुक्त गर्नुहुने बताइएको छ। गोरखापत्र ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...