युथ भ्वाइस ग्रुपले विभिन्न कार्यक्रम गरि मनायो राष्ट्रिय एकता दिवस

Published on

महेन्द्रनगर । कञ्चनपुर स्थित युथ भ्वाइस ग्रुपले विभिन्न कार्यक्रम गरि ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ ।
ग्रुपले दिवसका अवसरमा पृथ्वीनारायण शाहलाई माल्यापर्ण र दीप प्रज्वलन लगायत विभिन्न कार्यक्रम गरेर राष्ट्रिय एकता दिवस मनाएकाे हाे । याे सँगैपृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसकाे अवसर पारेर अनलाइन भीमदत्त नगरपालिका विद्यालय स्थरिय खुला निबन्ध प्रतियोगिता गरेको ग्रुपले दिवस कै दिन उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका विद्यार्थीलाई पुरस्कार वितरण समेत गरेकाे छ ।सहभागी १० जना मध्येबाट प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल इन्टरनेसनल स्कुलमा अध्ययनरत छात्रा शृस्टि महरा यसैगरी द्वितीय स्थान हासिल गर्न सफल लक्ष्मी माध्यमिक विद्यालय बाँगफाटामा अध्ययनरत छात्रा प्रकृति जोशि र तृतीय स्थान हासिल गर्न सफल सार्क स्कुलमा अध्ययनरत छात्रा कामना भट्ट गरि तिनै जना विद्यार्थीलाई अभिभावककाे उपस्थितमा यातायात खर्च सँगै विभिन्न शैक्षिक सामाग्री सहित पुरस्कृत गरिएकाे थियाे । ग्रुपले आयोजना गरेकाे दिवस कार्यक्रम बेलुका गरिएको कारण अभिभावक सँगै शुरक्षाकाे अनुभुती हाेस् भनेर अनिवार्य अभिभावकमा पुरस्कार वितरण गरिएकाे थियाे ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्म राज जोशि, युथ भ्वाइसका उपाध्यक्ष मिलाप थापा मगर लगायत विभिन्न क्षेत्रका महत्त्वपूर्ण व्यक्तित्वको सहभागिता रहेकाे केन्द्रिय सदस्य भट्टले बताए । यसैगरी ग्रुपले विगत ६ वर्ष देखि विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

spot_img

ताजा समाचार

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई २४ रनले हरायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको आफ्नो...

बूढीगण्डकीमा भीषण बाढी : पाँच गोठाला सम्पर्कविहीन, जलविद्युत् आयोजनाको निर्माणस्थल बगायो

काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा आइतबार बिहान आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको...

आजदेखि बडादसैँ सुरु, बिहान ११ः४७ बजे घटस्थापनाको शुभ साइत

काठमाडौँ, असोज २५ । नेपालीको महान् चाड बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु हुँदैछ।...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका नागरिकलाई नागरिकता प्रमाणपत्रलगायत परिचय खुल्ने अन्य कागजातका...