युथ भ्वाइस ग्रुपले विभिन्न कार्यक्रम गरि मनायो राष्ट्रिय एकता दिवस

Published on

महेन्द्रनगर । कञ्चनपुर स्थित युथ भ्वाइस ग्रुपले विभिन्न कार्यक्रम गरि ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ ।
ग्रुपले दिवसका अवसरमा पृथ्वीनारायण शाहलाई माल्यापर्ण र दीप प्रज्वलन लगायत विभिन्न कार्यक्रम गरेर राष्ट्रिय एकता दिवस मनाएकाे हाे । याे सँगैपृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसकाे अवसर पारेर अनलाइन भीमदत्त नगरपालिका विद्यालय स्थरिय खुला निबन्ध प्रतियोगिता गरेको ग्रुपले दिवस कै दिन उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका विद्यार्थीलाई पुरस्कार वितरण समेत गरेकाे छ ।सहभागी १० जना मध्येबाट प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल इन्टरनेसनल स्कुलमा अध्ययनरत छात्रा शृस्टि महरा यसैगरी द्वितीय स्थान हासिल गर्न सफल लक्ष्मी माध्यमिक विद्यालय बाँगफाटामा अध्ययनरत छात्रा प्रकृति जोशि र तृतीय स्थान हासिल गर्न सफल सार्क स्कुलमा अध्ययनरत छात्रा कामना भट्ट गरि तिनै जना विद्यार्थीलाई अभिभावककाे उपस्थितमा यातायात खर्च सँगै विभिन्न शैक्षिक सामाग्री सहित पुरस्कृत गरिएकाे थियाे । ग्रुपले आयोजना गरेकाे दिवस कार्यक्रम बेलुका गरिएको कारण अभिभावक सँगै शुरक्षाकाे अनुभुती हाेस् भनेर अनिवार्य अभिभावकमा पुरस्कार वितरण गरिएकाे थियाे ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्म राज जोशि, युथ भ्वाइसका उपाध्यक्ष मिलाप थापा मगर लगायत विभिन्न क्षेत्रका महत्त्वपूर्ण व्यक्तित्वको सहभागिता रहेकाे केन्द्रिय सदस्य भट्टले बताए । यसैगरी ग्रुपले विगत ६ वर्ष देखि विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...