फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय हुँदैन : प्रधानमन्त्री प्रचण्ड

Published on

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नलिने बताउनुभएको छ। माओवादी केन्द्रको मङ्गलबार बसेको पदाधिकारी बैठकपछि प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले सकेसम्म अहिलेको गठबन्धन नटुटोस् भन्ने हिसाबबाट अघि बढेको बताउनुभयो। सञ्चारकर्मीको गृहमन्त्री सम्बन्धको जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “हामी सल्लाह गर्दैछौं। सर्वोच्चको पूर्णपाठ कुर्नुपर्ने धेरैले सुझाव दिनुभएको छ। सकेसम्म सहकार्य नटुटोस् भन्ने छ।”

बैठकपछि माओवादीका प्रवक्ता कृष्णबहादुर महराले बैठकमा सोमबार बोल्न बाँकी रहनुभएका पदाधिकारीले आ–आफ्नो धारणा राख्नुभएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “आजको बैठक भोलि बस्ने स्थायी समितिको तयारी बैठक हो। पदाधिकारी बैठकमा हिजो बोल्न बाँकी कमरेडले आज बोल्नुभयो। आजको निर्णयमा खास केही भएको छैन।” नेता महराले बैठकको छलफल आगामी तीन महिनाको कार्यक्रम बनाएर अघि बढ्ने, कार्य विभाजन गर्ने, प्रदेश कमिटी बनाउने विषयमा केन्द्रित भएको जानकारी दिनुभयो। “तीन महिनाको कार्यक्रम बनाएर जाने। कार्यविभाजन गर्ने, प्रदेश कमिटी बनाउनमा केन्द्रित भएको छ। समसामयिक विषयमा छलफल भयो। गृह मन्त्रालयको नेतृत्वबारे अदालतको पूर्णपाठ आउन बाँकी छ। फैसला नआउँदासम्म निर्णय हुँदैन”, उहाँले भन्नुभयो।

spot_img

ताजा समाचार

सरकारी कर्मचारीको तलब वृद्धि आजदेखि लागू

नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएसँगै सरकारी कर्मचारीहरूको नयाँ तलबमान आजदेखि लागू भएको छ।...

मिटरब्याज समस्याको समाधानका लागि सहमतिको मस्यौदा तयार

मिटरब्याज समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकार र आन्दोलनरत पक्षबीच सहमतिको मस्यौदा तयार भएको...

ग्रामीण क्षेत्रमा पनि क्यान्सर र नसर्ने रोग बढ्दै

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पछिल्ला वर्षहरूमा क्यान्सर, उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वाससम्बन्धी नसर्ने रोगका बिरामी...

स्मार्ट लाइसेन्स अब बर्सौं कुर्नु नपर्ने

सरकारले लामो समयदेखि छाप्न बाँकी रहेका २७ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) तीन महिनाभित्र...