वैशाख २६ गतेदेखि कक्षा १२ को परीक्षा

Published on

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ।

परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी, भक्तपुरद्वारा २०८० सालमा सञ्चालन हुने वार्षिक परीक्षाको तालिका आइतबार प्रकाशन गरेको हो। जसअनुसार कक्षा १२ को पहिलो परीक्षा आउँदो वैशाख २६ गते मंगलबारदेखि सुरु हुनेछ भने सो परीक्षा जेठ ५ गते शुक्रबारसम्म सञ्चालन हुनेछ। कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूहतर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसारका नियमित, ग्रेडवृद्वि एवम् आंशिक परीक्षार्थीका लागि वार्षिक परीक्षा सार्वजनिक गरेको हो। परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...