बागमती प्रदेश सरकारद्वारा पत्रकारलाई दुर्घटना बीमा

Published on

 काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभित्र कार्यरत सञ्चारकर्मीहरुको सामूहिक दुर्घटना बीमा गरिदिएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका १३ जिल्लाका एक हजार ५८५ जना सञ्चारकर्मीको दुर्घटना बीमा गरिदिएको हो । 

मन्त्रालयका शाखा अधिकृत सुरेन्द्र कार्कीले पत्रकारको लागि राष्ट्रिय बीमा कम्पनी लिमिटेडमार्फत् प्रतिव्यक्ति चार लाख रुपियाँको दुर्घटना बीमा गरिएको जानकारी दिनुभयो । 

कार्कीका अनुसार यही चैत ५ गतेबाट लागू हुने गरी ६३ करोड ४० लाख रुपियाँ बराबरको बिमाङ्क रकमको बीमा गरिएको हो । बीमालेख अनुसार बीमित पत्रकारको दुर्घटनामा परी मृत्यु भएमा चार लाख रुपियाँ र दुर्घटनामा घाइते भएको भएमा एक लाख रुपियाँ बराबरको औषधि उपचार खर्च भुक्तानी दाबी लिन सकिने कार्कीले बताउनुभयो ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले पत्रकारको बीमाको काम छिटो गर्न निर्देशनसँगै सामूहिक दुर्घटना बीमा कार्यान्वयन भएको हो । 

यसैगरी, मन्त्री श्रेष्ठले नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशलगायतका अन्य सञ्चार सम्बद्ध संस्थाहरुलाई समेत पत्रकाहरुको क्षमता अभिवृद्धि गर्न सहयोग गरिएको जानकारी दिनुभयो । यसअघि मन्त्री श्रेष्ठकै प्रस्तावमा जङ्गली हात्तीका आक्रमणबाट मृत्यु भएका मकवानपुरका दुईजना र सिन्धुलीका एकजना मृतकको परिवारलाई प्रति परिवार एक लाख रुपियाँ प्रदेश सरकारले राहत उपलब्ध गराएको थियो । गाेरखापत्र ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...