रुघाखोकी लाग्दा एन्टिबायोटिक प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

Published on

काठमाडौं । सरकारले मौसमी रुघाखोकी लाग्दा जथाभावी रुपमा एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकाल्दै मौसमी रुघा खोकीमा जथाभावी रुपमा एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको हो।

मौसमी फ्लुबाट बच्न फ्लु लागेका व्यक्तिबाट टाढै बस्न, आफू बिरामी पर्दा अरुलाई सुरक्षित राख्न घरमै बस्न मन्त्रालयको आग्रह छ। त्यस्तै, घरमा कसैलाई फ्लु लागे वा रुघाखोकी लागे सबैले मास्क लगाउन, खोक्दा हाच्छिउँ गर्दा नाक, मुख छोपौँ, बेलाबेलामा साबुनपानीले हात धुन, हातले आँखा, नाक वा मुख नछुन आग्रह छ। त्यस्तै, तातो पानी पिउने, बाफ लिने जस्ता घरेलु उपचार विधि अपनाऔँ, प्रशस्त मात्रामा तातो पानी र झोलिलो खानेकुरा खान मन्त्रालयको सुझाव छ। गाह्रो भएमा स्वास्थ्यकर्मीसँग परामर्श र सम्भव भएसम्म फ्लु विरुद्धको खोप लगाउन मन्त्रालयको सुझाव छ। २४ घण्टामा ७०१ जना कोरोना १९ को संक्रमण परीक्षण गर्दा ३८ जनामा कोरोना पुष्टि भएको छ। सोही समय १४ जना संक्रमित संक्रमणमुक्त भएका छन्। सोही समयमा १८ हजार ५९२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या १९४ पुगेको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...