३७ वर्षपछि निर्माण भयो कालिकोटको सुनथराली विमानस्थल

Published on

काठमाडौं । कालिकोटको सुनथराली विमानस्थल निर्माण सुरु भएको ३७ वर्षपछि सम्पन्न भएको छ । २०४२ सालबाट निर्माण सुरु भएको उक्त विमानस्थल २०७९ पुसमा सम्पन्न भएको थियो । यो विमानस्थलले अहिले जहाजको प्रतीक्षा गरेका छन् ।

कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–१ मा रहेको विमानस्थल निर्माण सुरु भएको ३३ वर्षपछि २०७३ साल माघ २९ गते कच्ची धावनमार्गमा परीक्षण उडान गरिएको थियो । त्यसयता जहाज आएको छैन । अहिले विमानस्थल कालोपत्रे गरी चिटिक्क पारिएको छ । २०८० वैशाख १ गते नयाँ वर्षसँगै औपचारिक उडान भर्ने भन्ने चर्चा छ तर ठोस टुङ्गो भने लागेको छैन । विमानस्थल सञ्चालनमा आएमा त्रिवेणी पाटन, बडिमालिकाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास स्थानीयले गरेका छन् ।

ताजा समाचार

कांग्रेस सांसद आचार्य राहत सामग्री बोकेर जाजरकोट प्रस्थान

काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद  मोहन आचार्य  राहत...

स्वर्णिम वाग्ले रास्वपा उपसभापति नियुक्त

काठमाडौं, १३ मंसिर । डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति नियुक्त भएका...

पुकार बम रास्वपा केन्द्रीय सदस्य मनोनित

काठमाडौं, १३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा पाँच जना केन्द्रीय सदस्य मनोनित भएका...

अमेरिकी राष्ट्रपति बाइडेन राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी नहुने

काठमाडौं, १३ मंसिर । अमेरिकी राष्ट्रपति जो बाइडेन संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी...