न्यायाधीश गिरीलाई पक्राउ गरियो

Published on

काठमाडौं । जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश भुवन गिरीलाई प्रहरीले पक्राउ गरेको छ। वैवाहिक बलात्कारको आरोपमा जिल्ला प्रहरी परिसरको टोलीले काठमाडौँको सामाखुसीस्थित पवित्रनगरबाट गिरीलाई पक्राउ गरेको हो। काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख दानबहादुर कार्कीले आरोपित गिरीलाई पीडित आरती रावल गिरीको कोठाबाट नियन्त्रणमा लिइएको जानकारी दिनुभयो।

पीडित आरती रावलले गिरीविरुद्ध वैवाहिक बलात्कारको आरोप लगाउँदै प्रहरीमा किटानीसहित उजुरी दिनुभएको थियो। न्यायाधीश गिरीले विवाह गर्ने प्रलोभन देखाएर वर्षौंदेखि बलात्कार गर्दै आएको र कुटपिट गरी शारीरिक शोषण गर्दै आएको पीडितको आरोप छ। जिल्ला अदालत कपिलवस्तुमा पक्राउ पुर्जी जारी भएका गिरी काठमाडौँ आएको सूचना पाएपछि प्रहरीले निगरानी बढाएको थियो। पीडित आरती रावलको कोठामा फेला परेका गिरीले आफू न्यायाधीश रहेको भन्दै प्रहरीले पक्राउ गर्न नसक्ने बताउनुभएको थियो। पक्राउ पुर्जीसहित पुगेको प्रहरीले गिरीलाई नियन्त्रणमा लिई कपिलवस्तु प्रहरीलाई बुझाउने तयारी गरेको छ।

परिसर प्रमुख कार्कीले गिरीविरुद्ध थप कसुर फेला परे काठमाडौँबाट मुद्दा चलाउन सकिने र त्यसका लागि पीडितसँग सोधपुछ भइरहेको जानकारी दिनुभयो। न्यायाधीश गिरीविरुद्ध वैवाहिक बलात्कारको उजुरी परेपछि जिल्ला अदालत कपिलवस्तुमा कार्यरत गिरीलाई न्याय परिषद्ले छानबिनमा
तानेको थियो। पीडित आरती गिरी रावलले न्यायाधीश गिरीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन माग गर्दै कालो कपडा लगाएर सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गर्दै आउनुभएको थियो। गोरखापत्र ।

ताजा समाचार

संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा ‘हिमालको पुकार’ वृत्तचित्र प्रदर्शन

काठमाडौँ – संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा...

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...