पछिल्लो २४ घण्टामा १३६ जना कोरोना संक्रमित

Published on

काठमाडौं । पछिल्लो २४ घण्टामा १३६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १४ सय २४ जनाको कोरोना परीक्षण गर्दा १३६ जना कोरोना सङ्क्रमित थपिएका छन्। संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै ३२ जना संस्थागत आइसोलेनमा भर्ना भएका छन्। जसमध्ये ११ जना आइसियु र तीन जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।

नेपालमा संक्रिय संक्रमितको संख्या ४०१ रहेका छन्। मन्त्रालयले सूचना निकाल्दै मास्क नलगाउँदा आफू संक्रमित हुनसक्ने, अरुलाई कोरोना भाइरस सर्ने अन्य सरुवा रोग लाग्न सक्ने जनाएको छ। मन्त्रालयका अनुसार मास्क नलगाउँदा संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा निस्कने, थुक र सिगानका स–साना छिटाका माध्यमबाट संक्रमण सर्नसक्छ।

मास्क नलगाउँदा आफूलाई लक्षण नदेखिए पनि अरुलाई कोरोना भाइरस सर्ने सम्भावना रहिरहने मन्त्रालयले जनाएको छ। मास्क नलगाउँदा कोभिड–१९ बाट मात्र नभई अन्य सरुवा रोग धुँलोधुँवाबाट पनि संक्रमित हुने सम्भावना बढ्छ।

ताजा समाचार

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...

अमिर खान फसे २४ घन्टासम्म चक्राबत मिचुआङमा, रेस्क्यु टाेलीले गर्याे उद्दार

मुम्बइ, २० मंशिर । चक्रवात मिचुआङले चेन्नईमा ठूलो क्षति पुर्याएको छ । यतिबेला सिंगो...