वर्षमान निवासमा अञ्जानमा गोली पड्केको प्रहरीको दाबी

Published on

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन निवासमा शुक्रबार राति गोली पड्केको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी दीपेन्द्र जिसीका अनुसार गोली नियतवश नभई अञ्जनमा पड्किएको जानकारी दिनुभयो । नेपाल प्रहरीका हवालदार प्रकाश पुन मगरले बोकेको पेस्तोलबाट गोली पड्किएको जिसीले जानकारी दिनुभयो । नयाँ वर्षको अवसरमा पारिवारिक भेटघाटका क्रममा वर्षमान निवास बालुवाटारमा हवालदार पुन पुगेका थिए । गोली पड्किदा नेता पुनका आमा ७४ वर्षीया तीर्थमाली पुनको खुट्टामा लागेको छ । उहाँको ट्रमा सेन्टरमा उपचार भइरहेको परिवार स्रोतले जानकारी दिए ।

प्रहरी हवालदार पुनको नाति नाता पर्ने परिवारले जनाएको छ । प्रहरी हवालदार कामु प्रधानन्यायाधीशको सुरक्षाका लागि हिँड्ने पछुवा गाडीमा कार्यरत हुनुहुन्थ्यो । प्रहरीले हवालदारलाई राती नै नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ ।

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...