धुलो र धुवाँले अधिक प्रदूषण

Published on

काठमाडौं । एक सातादेखि काठमाडौँलगायत देशका विभिन्न स्थानमा वायु प्रदूषण उच्च हुँदै आएको छ । बढदो गर्मीको रापसँगै धुलो र धुवाँको अधिक प्रदूषणले सडक र सार्वजनिक स्थलमा हिँडिसाध्य छैन । आइतबार उच्च प्रदूषणका कारण देशभरकै जनजीवन प्रभावित बनेको छ । काठमाडौँ उपत्यका एक सातादेखि नै प्रदूषण भरिएको खाल्डोमा परिणत भएको छ । विश्वका विभिन्न सहरसँग तुलना गर्दा काठमाडौँ उच्च वायु प्रदूषण भएको सहरमा गनिन थालेको छ । विश्वस्तरमा मापन गरिने वायु प्रदूषणको मापनले पनि काठमाडौँ विश्वकै प्रदूषित सहरको उच्च सूचीमा देखिन थालेको हो । वातावरण विभागले पनि काठमाडौँको वायु श्वास फेर्नलायक नरहेको स्वीकार गरेको छ । वातावरण निरीक्षक गोविन्द लामिछानेले भन्नुभयो, “पहिले धुलोका कण मात्र हुन्थे । अहिले धुवाँ पनि मिसिएको छ, जुन सहजै रगतमा पुग्न सक्छ । त्यसको मात्रा यहाँको वायुमा उच्च देखिएको छ ।” उहाँका अनुसार सबैभन्दा सानो वायुको कणलाई सूक्ष्म रूपमा हेर्दा त्यसमा आँखाले नदेखिने धुवाँका कणको घनत्व उच्च रहेको छ । सामान्यतः २।५ माइक्रोमिटर र त्यसभन्दा सानो व्यास भएको धुलोका कणलाई पीएम २।५ भनिन्छ । सामान्य मानिसको कपालको रौँको व्यास ७० माइक्रोमिटर हुन्छ । यसरी यस समूहमा पर्ने सबैभन्दा ठूला कणको व्यासभन्दा कपालको रौँको व्यास ३० गुणा ठूलो हुन्छ । यस्ता कण निकै साना हुने भएकाले सजिलैसँग हाम्रो फोक्सोसम्म पुग्न सक्छन भने धेरै मसिना कण फोक्सोबाट रगतमा प्रवेश गरी शरीरका विभिन्न अङगमा प्रवेश गर्छन ।

उहाँले भन्नुभयो, “देशव्यापी रूपमा डढेलोको क्रम उच्च बनेको र वर्षा नहुँदा वायुमा तैरिरहेकाले सूक्ष्म कणको घनत्व बढदै जाँदा प्रदूषणको तुवाँलो काठमाडौँको आकाशमा बाक्लिदै गएको छ ।” दुई वर्षअघि सन २०२१ मा डढेलोले बढाएको वायु प्रदूषणले विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको थियो । त्यस बेला वायुको गुणस्तरको सूचकाङक तीन सयभन्दा माथि पुगेको थियो । अहिले सबैभन्दा बढी प्रदूषण थुप्रिएको काठमाडौँका केही सहरमा त्यो सूचकाङक २५० माथि चढनेतर्फ अग्रसर छ ।आइतबार दिउँसोदेखि भैँसेपाटी क्षेत्रमा त्यही हाराहारीको वायु बहिरहेको छ । त्यसपछि शङखपार्क, रत्नपार्क, खुमलटार, कीर्तिपुर क्षेत्रको वायु अस्वस्थकरबाट अति अस्वस्थकरतिर बढदै छ । लामिछानेले भन्नुभयो, “दिउँसो चल्ने हावाले प्रदूषणमाथि आकाशमा पु¥याउने र डढेलोले नयाँ प्रदूषण भित्र्याउने काम गरिरहेको छ ।”

सन् २०२१ मा डढेलोले बढाएको वायु प्रदूषणले विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको थियो । त्यस बेला वायुको गुणस्तरको सूचकाङ्क तीन सयभन्दा माथि थियो । बिहान–बेलुका राम्रो हावा र हल्का वर्षा भएको खण्डमा काठमाडौँको प्रदूषण थोरै भए पनि कम हुने अनुमान विभागका प्रवक्ता शङकरप्रसाद पौडेलले गर्नुभयो । भैँसेपाटीको प्रदूषण थप उच्च हुनुमा बागमती कोरिडोर हुँदै तराई र अन्य जिल्लाको डढेलोको धुवाँ भित्रिनु कारक रहेको उहाँको ठम्याइ छ ।

डढेलो घट्ने सम्भावना छैन

देशव्यापी रूपमा लागिरहेको डढेलोको लहर अझै उच्चस्तरमा पुग्न बाँकी छ । त्यही डढेलोको धुवाँ मिसिएको हावा काठमाडौँमा थुप्रिने क्रम बढेको डढेलोविज्ञ सुन्दर शर्माले बताउनुभयो । मरुभूमि हुँदै आइरहेको सुक्खा पश्चिमी वायु डढेलोमा मिसिएर थप प्रदूषित बनिरहेको दाबी उहाँले गर्नुभयो । उहाँका अनुसार हरेक वर्ष चैत–वैशाखको यस समय डढेलोको उच्च जोखिमयुक्त हुन्छ । उहाँका अनुसार एक सातायता गण्डकी, बागमती हुँदै पूर्वी तराईसम्म डढेलोको प्रकोप फैलिएको छ । स्याटेलाइट अध्ययनले देखाएको अवस्थाको विश्लेषण गर्दै शर्माले भन्नुभयो, “तराईका वनमा डढेलोको प्रकोप उत्तिकै छ, हिमालका खोँचसम्म पनि डढेलोले ढाकेको छ । तराईबाट पूर्वतर्फ र गण्डकीबाट मध्यपूर्वतर्फ डढेलोको प्रदूषण बढ्ने क्रम जारी छ ।” उहाँका अनुसार गत मङगलबारयता डढेलोको प्रकोप घटन सकेको छैन । मङगलबार ६०२ स्थानमा डढेलो रेकर्ड भयो । त्यसयता कहिले पाँच सय, कहिले चार सय हुँदै फेरि छ सयमाथिको उकालोमा डढेलोको गणना भइरहेको छ । डढेलोको लहर वैशाखको तेस्रो सातामा सबैभन्दा उच्च हुने सम्भावना उहाँले औँल्याउनुभयो ।

सतर्कता अपनाऔँ

वर्षा नहुन्जेल डढेलो फैलने क्रम जारी रहने भएकाले सतर्कता अपनाउनुको विकल्प नरहेको वातावरण विभागले जनाएको छ । धुवाँ, धुलोसहितको वायुका कारण दमका रोगी बढी समस्यामा पर्ने गरेका छन । त्यस्तै मुटु रोगी र अन्य बिरामीको कमजोरी अवस्थाका महिला, बालबालिकामा असर पु¥याउन सक्ने भएकाले पनि बाहिर निस्केर धेरै हिँडडुल नगर्न र निस्कन परेमा सतर्कता अपनाउन विज्ञहरूले सुझाउनुभएको छ । धुवाँ फोक्सोमा पुगेपछि त्यो बाहिर निस्केर सफा हुन निकै समय लाग्छ । गत वर्षको वैशाखदेखि चैतसम्म आगलागीमा परेर १०९ जनाले ज्यान गुमाएका छन । त्यस्तै डढेलोमा परेर एक जनाको मृत्यु भएको छ । गोरखापत्र ।

ताजा समाचार

संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा ‘हिमालको पुकार’ वृत्तचित्र प्रदर्शन

काठमाडौँ – संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा...

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...