अन्नपूर्ण हिमालमा भारतीय आरोही बेपत्ता

Published on

काठमाडौं । म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एकजना भारतीय आरोही बेपत्ता भएका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको दोस्रो आधार शिविर नजिकैबाट सोमबार दिउँसो ती आरोही बेपत्ता भएका हुन् । भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु बेपत्ता भएका सेभेट समिट टे«क्सका प्रबन्धक थानेश्वर गुरागाईँले बताउनुभयो । उहाँले भन्नुभयो, “आरोहण सफल नभएपछि आधार शिविरमा फर्कने क्रममा चिप्लिएर लडेर बेपत्ता भएको खबर आएको छ, खोजी जारी राखे पनि भेटिएका छैनन् ।”

मालु सेभेन समिट टेक्समार्फत अन्नपूर्ण आरोहणका लागि जानुभएको थियो । मालु आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमालको आरोहण लक्ष्यका साथ अन्नपूर्णको आरोहणका लागि आउनुभएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने अन्नपूर्ण हिमालमा शनिबारदेखि चालु वसन्त ऋतुको आरोहण शुरु भएको थियो । रासस

ताजा समाचार

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...

अर्थतन्त्रलाई गतिशील बनाउन लचिलो र सहज मौद्रिक नीति

काठमाडौं । राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउने भन्दै लचिलो र सहज मौद्रिक नीति ल्याएको...

‘नयाँ पुस्तालाई नेतृत्व दिँदा राष्ट्र एकजुट हुनेछ’

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविस्मरणीय रहने...

नगरप्रमुख नकर्मीको अन्त्येष्टि

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको...