दश देशमा नेपाली चियाको बजार खोजिंदै

Published on

काठमाडौं । विदेशी मुद्रा आर्जनमा देशको अर्थतन्त्रका लागि एक हिस्सा बन्दैगएको नेपाली चियाका लागि थप विदेशी बजारको खोजी थालिएको छ । विगतदेखि नै केही मात्रामा नेपाली चिया जाने गरेको जर्मनी, रुस, जापान, युएइ, चीन, डेनमार्क, नर्वे, क्यानडा, स्वीजरल्याण्ड, नेदरल्याण्ड, अमेरिका लगायतका देशमा थप सम्भावित बजारको खोजी थालिएको राष्ट्रिय चिया तथा कफी विकास वोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले बताउनुभयो । 

‘चीनमा नेपाली चियाले गोल्ड मेडल पाएपछि त्यसको प्रभाव अहिले विश्व बजारमा परेको छ । संकेत राम्रो छ, मुल्य राम्रो छ’ डा. भट्टराईले भन्नुभयो, ‘यी देशमा हाम्रो चियाको ट्रेडमार्क पनि दर्ता गर्नुपर्छ भनेर वाणिज्य मन्त्रालयसँग कुरा गरिरहेका छौं ।’ अहिलेसम्म नेपाली चियाको ट्रेडमार्क भारत र अमेरिकामा मात्र दर्ता गरिएको छ । 

‘पुराना बजार त छँदैछन्, अब नयाँ सम्भावित बजारमा प्रवेश गर्नुपर्छ भन्ने तयारी गर्दैछौं ।’ डा. भट्टराईले भन्नुभयो, ‘अब आउँदैगरेको राष्ट्रिय चिया दिवसले पनि यसलाई सघाउ पुग्नेछ । सरकारले वैशाख १५ गतेलाई राष्ट्रिय चिया दिवस मनाउँदैआएको छ । 

यसवर्ष वैशाख १५, १६ र १७ गते अयोजना गरिएको दिवसको काठमाडौंमा उदघाटनपछि इलाममा ‘टी टेस्टिङ’ को कार्यक्रम तय गरिएको कार्यकारी निर्देशक भट्टराईले जानकारी दिनुभयो । 

इलाममा गर्ने तय भएको टी टेस्टिङ कार्य चिया उद्योगी, चिया सहकारी र किसानका लागि महत्वपूर्ण हुने केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राईले बताउनुभयो । ‘विदेशी वायरहरु टी टेस्टिङका लागि इलामसम्म आइपुग्छन् । महासचिव राईले भन्नुभयो, ‘त्यति मात्र होइन, विदेशीले चियाको बोटमै पुगेर हरियो पत्ती टिप्न रुचाउने गरेकाले पनि किसानले उत्पादन गरेको अर्गानिक चियाको अवसर महत्वपूर्ण छ ।’ गाेरखापत्र ।

ताजा समाचार

पुकार बम रास्वपा केन्द्रीय सदस्य मनोनित

काठमाडौं, १३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा पाँच जना केन्द्रीय सदस्य मनोनित भएका...

अमेरिकी राष्ट्रपति बाइडेन राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी नहुने

काठमाडौं, १३ मंसिर । अमेरिकी राष्ट्रपति जो बाइडेन संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी...

प्रधानमन्त्री प्रचण्ड आज यूएई जाने

काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदो बुधबार संयुक्त अरब इमिरेट्स (यूएई)...

यस्तो छ आजको मौसम

काठमाडौं, १३ मंसिर । देशका केही स्थानमा बुधबार आंशिक बदली रहँदा केही स्थानमा हिमपातको...