नियन्त्रणमा लिइएको बाघलाई शुक्लाफाँटा लगियो

Published on

काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका –८ पचुईबाट नियन्त्रणमा लिइएको नरभक्षी बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पुर्‍याइएको छ। हिजो सोही ठाउँकी गङ्गादेवी चन्दलाई बाघले झम्टेर मारेपछि शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जबाट खटेको प्राविधिक टोलीले आज बिहान बाघलाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएको बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जस्थित खोरमा राखिएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले जानकारी दिनुभयो। 

उहाँका अनुसार बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज वा कहाँ छाड्ने भनेर निर्णयका लागि विभागलाई पत्राचार गरिएको छ। त्यहाँबाट निर्णय आएपछिमात्रै छोड्ने ठगुन्नाले बताउनुभयो। नरभक्षी सो बाघ करिब छ वर्षको पोथी रहेको जनाइएको छ। हिजो खप्टीनाला क्षेत्रमा घाँस काट्न गएकी चन्दलाई झम्टेर झाडीमा लगेको थियो। चन्दसँगै घाँस काट्न गएका अरू महिला भने भागेर ज्यान जोगाएका थिए। 

बाघले बिहान महिलालाई झम्टेर बेपत्ता पारेपछि बाघलाई नियन्त्रणमा लिनका लागि हिजो रातिबाट नै प्राविधिक टोली खटेको थियो। ‘हिजो नै नियन्त्रणमा लिने प्रयास गरिए पनि राति परेकाले सम्भव भएन’, निमित्त प्रमुख संरक्षण अधिकृत ठगुन्नाले भन्नुभयो,‘‘हिजो सम्भव नभएपछि आज बिहानै प्राविधिक टोलीले नियन्त्रणमा लिएको हो।’’ बाघले झम्टेर लगेको चन्दको शव आज बिहान फेला परिसकेको कञ्चनपुर प्रहरीले जनाएको छ।

कञ्चनपुरको दक्षिणी क्षेत्रमा चैतदेखि नै बाघको त्रास रहेको थियो। गत चैत १० गते भारतको दुधुवा नेशनल पार्क क्षेत्रमा पुनर्वास नगरपालिका–१० मदन टोलकी कलसा सार्कीको बाघले ज्यान लिएको थियो। त्यसको केही दिन पछिमात्रै कञ्चनपुरको बेलौरी नगरपालिका–१ नजिक रहेको सीमावर्ती भारतीय गाउँ कृष्णनगरकी एक महिलाको पनि बाघले ज्यान लिएको थियो। गाेरखापत्र ।

spot_img

ताजा समाचार

कांग्रेस महाधिवेशनमा रवि, ओली, प्रचण्डसहित विभिन्न दलका शीर्ष नेता सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी...

कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी, विधान संशोधनको मस्यौदा तयार

  काठमाडौँ । नेपाली कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी गरिएको छ। पार्टीको...

रास्वपा केन्द्रीय समिति बैठक आज, संगठन विस्तार र स्थानीय निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। सभापति...

आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले...