सुनकोसी–३ जलविद्युत् संयुक्त कम्पनी स्थापनाको सहमति

Published on

काठमाडौं । ८३ मेगावाटको सुनकोसी –३ जलाशय जलविद्युत् आयोजना निर्माणका लागि नेपाल र बङ्गलादेशबीच संयुक्त कम्पनी स्थापना गर्ने सहमति भएको छ । बङ्गलादेशको पतुवाखालीमा सम्पन्न ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिले नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डको संयुक्त स्वामित्व स्थापित हुने गरी आगामी छ महिनाभित्र संयुक्त कम्पनी स्थापनाको सम्झौता गर्ने गरी समझदारी भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे तथा बङ्गलादेशको विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सचिव मोहम्मद हबिबुर रहमानको सह(अध्यक्षतामा बैठक भएको थियो । पाँचौँ चरणको यो बैठकले बङ्गलादेशमा नेपालको विद्युत् निर्यात हुन सक्ने अवस्था बनाउन भारतसँग त्रिपक्षीय सम्झौताको पहल गर्ने पनि निर्णय गरेको छ । यो सम्भव बनाउन पहिलो चरणमा ४० मेगावाट विद्युत् निर्यातको पहल हुनेछ । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत् बङ्गलादेशले खरिद गर्ने गरी छिट्टै विद्युत् खरिदबिक्री सम्झौता ९पावर सेल्स एग्रिमेट० गर्ने जानकारी बङ्गलादेशका अधिकारीले बैठकमा गराएका थिए ।

भारतले नेपालबाट ५० मेगावाटसम्म विद्युत् भारत पुर्‍याउन विभिन्न छलफलमा सकारात्मक प्रतिक्रिया दिए पनि कार्यान्वयनमा भने ल्याएको छैन । यसका लागि आवश्यक त्रिपक्षीय बैठक पनि बस्न सकेको छैन । मङ्गलबार सम्पन्न बैठकले नेपाल, बङ्गलादेश र भारतबिच विद्युत् व्यापार अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायतका विद्युत् क्षेत्रमा सहकार्य गर्न उच्चस्तरीय त्रिपक्षीय प्रशासनिक संयन्त्र स्थापना गर्न पहल गर्ने निर्णय गरेको छ । त्यस्तै नेपाल–बङ्गलादेश अन्तरदेशीय प्रसारण लाइनका सम्भाव्य विकल्पको अध्ययन गरी छ महिनाभित्र प्रतिवेदन पेस गर्न संयुक्त प्राविधिक समितिलाई पनि कार्यभार दिइएको छ ।

सन् २०१८, अगस्ट १० मा ऊर्जा क्षेत्रमा सहकार्यका लागि सम्पन्न समझदारीको दफा ५ को व्यवस्था अनुसार उक्त सम्झौताको कार्यान्वयन पक्षलाई सहजीकरण, निर्देशन एवं यस सम्बन्धमा हुने प्रगतिको अनुगमन गर्न सचिवस्तरीय निर्देशक समिति (जेएससी) तथा सह-सचिवस्तरीय कार्यदल (जेडब्लुसी) गठन गरिएको थियो ।

spot_img

ताजा समाचार

सरकारी कर्मचारीको तलब वृद्धि आजदेखि लागू

नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएसँगै सरकारी कर्मचारीहरूको नयाँ तलबमान आजदेखि लागू भएको छ।...

मिटरब्याज समस्याको समाधानका लागि सहमतिको मस्यौदा तयार

मिटरब्याज समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकार र आन्दोलनरत पक्षबीच सहमतिको मस्यौदा तयार भएको...

ग्रामीण क्षेत्रमा पनि क्यान्सर र नसर्ने रोग बढ्दै

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पछिल्ला वर्षहरूमा क्यान्सर, उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वाससम्बन्धी नसर्ने रोगका बिरामी...

स्मार्ट लाइसेन्स अब बर्सौं कुर्नु नपर्ने

सरकारले लामो समयदेखि छाप्न बाँकी रहेका २७ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) तीन महिनाभित्र...