सुनकोसी–३ जलविद्युत् संयुक्त कम्पनी स्थापनाको सहमति

Published on

काठमाडौं । ८३ मेगावाटको सुनकोसी –३ जलाशय जलविद्युत् आयोजना निर्माणका लागि नेपाल र बङ्गलादेशबीच संयुक्त कम्पनी स्थापना गर्ने सहमति भएको छ । बङ्गलादेशको पतुवाखालीमा सम्पन्न ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिले नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डको संयुक्त स्वामित्व स्थापित हुने गरी आगामी छ महिनाभित्र संयुक्त कम्पनी स्थापनाको सम्झौता गर्ने गरी समझदारी भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे तथा बङ्गलादेशको विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सचिव मोहम्मद हबिबुर रहमानको सह(अध्यक्षतामा बैठक भएको थियो । पाँचौँ चरणको यो बैठकले बङ्गलादेशमा नेपालको विद्युत् निर्यात हुन सक्ने अवस्था बनाउन भारतसँग त्रिपक्षीय सम्झौताको पहल गर्ने पनि निर्णय गरेको छ । यो सम्भव बनाउन पहिलो चरणमा ४० मेगावाट विद्युत् निर्यातको पहल हुनेछ । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत् बङ्गलादेशले खरिद गर्ने गरी छिट्टै विद्युत् खरिदबिक्री सम्झौता ९पावर सेल्स एग्रिमेट० गर्ने जानकारी बङ्गलादेशका अधिकारीले बैठकमा गराएका थिए ।

भारतले नेपालबाट ५० मेगावाटसम्म विद्युत् भारत पुर्‍याउन विभिन्न छलफलमा सकारात्मक प्रतिक्रिया दिए पनि कार्यान्वयनमा भने ल्याएको छैन । यसका लागि आवश्यक त्रिपक्षीय बैठक पनि बस्न सकेको छैन । मङ्गलबार सम्पन्न बैठकले नेपाल, बङ्गलादेश र भारतबिच विद्युत् व्यापार अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायतका विद्युत् क्षेत्रमा सहकार्य गर्न उच्चस्तरीय त्रिपक्षीय प्रशासनिक संयन्त्र स्थापना गर्न पहल गर्ने निर्णय गरेको छ । त्यस्तै नेपाल–बङ्गलादेश अन्तरदेशीय प्रसारण लाइनका सम्भाव्य विकल्पको अध्ययन गरी छ महिनाभित्र प्रतिवेदन पेस गर्न संयुक्त प्राविधिक समितिलाई पनि कार्यभार दिइएको छ ।

सन् २०१८, अगस्ट १० मा ऊर्जा क्षेत्रमा सहकार्यका लागि सम्पन्न समझदारीको दफा ५ को व्यवस्था अनुसार उक्त सम्झौताको कार्यान्वयन पक्षलाई सहजीकरण, निर्देशन एवं यस सम्बन्धमा हुने प्रगतिको अनुगमन गर्न सचिवस्तरीय निर्देशक समिति (जेएससी) तथा सह-सचिवस्तरीय कार्यदल (जेडब्लुसी) गठन गरिएको थियो ।

ताजा समाचार

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...

अमिर खान फसे २४ घन्टासम्म चक्राबत मिचुआङमा, रेस्क्यु टाेलीले गर्याे उद्दार

मुम्बइ, २० मंशिर । चक्रवात मिचुआङले चेन्नईमा ठूलो क्षति पुर्याएको छ । यतिबेला सिंगो...