नीति तथा कार्यक्रमः रमेश लेखकको एजेण्डाले पायो प्राथमिकता

Published on

महेन्द्रनगर। प्रतिनिधीसभा निर्वाचनमा दोधारा चादँनी सुक्खा बन्दरगाहका साथै नेपाल–भारत र चीनको त्रिदेशीय नाका बनाउने कांग्रेस प्रमुख सचेतक रमेश लेखकको चुनावी एजेण्डाले आगामी बर्षको नीति तथा कार्यक्रममा प्राथमिकता पाएको छ ।
सरकारको आगामी नीति तथा कार्यक्रममा लामो समयदेखि अल्झिएको दोधारा चादँनी सुक्खा बन्दरगाह तीन बर्षमा निर्माण गर्ने र महाकाली करिडोर प्राथमिकताका साथ अघि बढाउने उल्लेख छ ।
२०६४ सालमा कञ्चनपुरको दोधारा चादँनीमा सुक्खा बन्दरगाह निर्माण प्रस्ताव भएपनि हालै सरकारले उक्त योजनाको प्रभाव मुल्याङ्कन ‘ईआईए’ प्रतिवेदन प्रस्ताव स्वीकृत गरेको थियो ।
यहाँबाट प्रतिनिधीसभामा निर्वाचित सांसद तथा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुक्खा बन्दरगाह निर्माणस्थलको केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निरीक्षण गराउनुका साथै निर्माण अघि बढाइदिन आग्रह समेत गरेका थिए ।
प्रधानमन्त्री दाहालले पनि अढाई महिनाअघि सुक्खा बन्दरगाह निर्माणस्थलको निरीक्षण गर्दै प्रक्रिया अघि बढ्ने आश्वासन दिएका बेला सरकारले नीति तथा कार्यक्रममै समावेश गरेपछि यहाँको नीजि क्षेत्रका साथै स्थानीयबासी हर्षित छन् ।
सरकारले शुक्रबार घोषणा गरेको आगामी बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रमको बुदा नं। ६० मा तीन बर्षभित्र दोधारा चादँनी सुक्खा बन्दरगाह निर्माण गरिने उल्लेख छ । भने महाकाली करिडोर निर्माणलाई पाथमिकतामा राखिने विषय बुदा नं। ७५ मा उल्लेख छ ।
यहाँको दोधारा चादँनी नगरपालिका–१, २ र ३ मा पर्ने मायापुरी र गौरीशंकर मध्यवर्ती सामुदायिक वनमा निर्माण हुनेछ ।
एकीकृत सुरक्षा जाँच चौकीसहित सुक्खाबन्दरगाह निर्माण भारतले निर्माण गरिदिने गरी प्रक्रिया अघि बढिरहेको छ ।
सरकारले इआइए स्वीकृत गरेसंगै भारतमार्फत हुने अन्र्तराष्ट्रिय व्यापार सहजीकरणका लागि बन्दरगाह निर्माणको प्रक्रिय अघि बढेको हो भने सरकारले उक्त प्रक्रिया अघि बढाउन चालु आर्थिक बर्षमा रु एक अर्ब बजेट समेत बिनियोजन गरेको थियो ।
यहाँको गौरीशंकर साुमदायिक वनको ११७ हेक्टर वन क्षेत्रमध्ये ६३ हेक्टर जग्गा आयोजनको तयारी कार्य सुरु गर्न मन्त्रीस्तरबाट स्वीकृत भएको हो । सुक्खाबन्दरगाहका लागि दुई वटा सामुदायिक वनको २८० बिघा जमिन प्रस्तावित छ ।
भारतले सुख्खाबन्दरगाह निर्माण गरिदिने विषय अघि बढेको छ । ९एमओयु० समझदारीमा हस्ताक्षरका लागि दुई देशबाट पहल भइरहेको छ । सुक्खा बन्दरगाहको ‘डिपीआर’ अहिले भारतले बनाइरहेको छ ।
त्यसैगरी कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिंकरसम्म पुग्ने महाकाली करिडोर निर्माण भइरहेको छ ।
वनको रुख कटान लगायतका सरकारी प्रक्रियागत अल्झन्ले ढिलाई भएको करिडोर अन्र्तगत पर्ने रुख कटान आदेश दिन सरकारले पहल गरिसकेको छ ।
नेपाल–भारत र चीनसित जोड्ने र त्रिदेशीय नाकाका रुपमा विकास गर्ने अवधारणाका साथ अघि बढेको करिडोरको ६० प्रतिशत ट्रयाक खुलेको छ ।
महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाका प्रमुख लक्ष्मण जोशीले करिडोरको काम द्रुत गतिमा अघि बढेको जानकारी दिनुभयो ।
करिडोर अन्र्तगत ४२५ किलोमिटर ट्रयाक मध्ये केही भाग दार्चुला क्षेत्रमा नेपाली सेनाले ट्रयाक खोलिरहेको छ ।
त्यसैगरी मझगाउँ विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउन समेत प्रमुख सचेतक लेखकले काठमाण्डौंमा दौडधुप गरिरहेको उहाँको सचिबालयले जनाएको छ ।
“ विमानस्थलको काम द्रुत गतिमा अघि बढाउन प्रधानमन्त्री र पर्यटन सचिबसित पनि लेखकको भेट भएर अघि बढिसेकेको छ ।” सचिबालय स्रोतले भन्यो–“ यहाँ चुनावीका बेला मतदातालाई दिएका बचनलाई साकार पार्न अग्रसर छौं ।”
त्यसैगरी कञ्चनपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिनेश मल्लले सुक्खा बन्दरगाह निर्माण र करिडोर बने सुदूरपश्चिमको आर्थिक समृद्धिका लागि ढोका खुल्ने बताउनुभयो ।
“ त्रिदेशीय नाका रुपमा विकास गरेर आर्थिक नाका बनाउने विषय नीति तथा कार्यक्रममै समेटिएपछि अब निर्माणले गति पाउनेमा आशावादी छौं ।” मल्लले भन्नुभयो–“ विगतमा लामो समय काम भन्दा आश्वासन मात्रै जनताले पाए ।”

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...