सन्धिको २७ वर्षपछि प्रधानमन्त्री द्वयले संयुक्त रुपमा टनकपुर क्यानलको उद्घाटन गर्दै

Published on

चन्द्रकान्त जोशी, काठमाडौं । नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको दुई दशक बढी समयपछि टनकपुर नेपाल लिङ्क क्यानलको उद्घाटन हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको क्रममा प्रधानमन्त्री द्वयले संयुक्त रुपमा टनकपुर नेपाल लिङ्क क्यानलको उद्घाटन गर्ने भएका हुन् । महाकाली सिंचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमका अनुसार भारततर्फबाट निमार्ण गरिएको १२ सय मिटर नहर क्षेत्रको टनकपुर नेपाल लिङ्क क्यानलको प्रधानमन्त्री द्वयले संयुक्त रुपमा भर्चुअल उद्घाटन गर्ने कार्यतालिका रहेको छ । यो सँगै मुल नहरमा निमार्ण भइरहेको क्षेत्रमा डिसेल्टिङ बेसिङको कार्य अन्तिम चरणमा पुगेको छ ।
सन् १९९६ मा नेपाल र भारतबीच भएको महाकाली एकीकृत सन्धिअनुसार मूलनहर निर्माणकार्य थालनी भएको थियो । नहर थालनी भएको २० वर्षभित्र नहर निमार्ण गरी सक्नुपर्ने भएपनि लामो समय नहर निर्माण ढिलाईको कारण गतिलिन नसकेको नहर आयोजनालाई २६ वर्षपछि गत वर्ष मात्रै भारतले पानी दिएको थियो । लामो समय बजेट अभाव लगायतमा विभिन्न समस्या भोग्दै आएको आयोजनाले अबको दुई वर्षमा महाकालीको पानी कैलालीको गोदावरी नदीमा झार्ने उदेश्य लिएको छ । “अहिले मुल नहर निमार्णको धेरै काम सम्पन्न भएको अवस्था छ, मुल नहर क्षेत्रको २८+८०० किलोमिटर देखि ४८+२०० किलोमिटर क्षेत्रमा १५ ओटा सामुदायिक वनको ३४ हेक्टर जमिन रहेको छ ।” आयोजना निर्देशक बलमे भने, “सामुदायिक वन क्षेत्रका ७ हजार रुख कटान गर्नुपर्ने र रुख कटानको लागि छपान कार्य भैसकेको अवस्था छ, आउँदो दुई वर्ष भित्र गोदावरी नदीमा महाकाली नदीको पानी झार्ने योजना रहेका बनाएको छौं ।” यसैगरि आयोजनाले मुल नहर क्षेत्रमा ४ ओटा पानीको सतह नियन्त्रण गर्ने क्रस रेगुलेटर समेत निमार्ण गरेको छ । यो सँगै २ वर्षमा ५ हजार ३ सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने योजना रहेको समेत उनले बताए ।
यस्तै आयोजनाले अहिले शाखा नहर विस्तारको कार्यमा पनि तिव्रता दिएको छ । “२२ शाखा नहर मध्ये १८ ओटा शाखा नहरको अफटेक निमार्ण भएको अवस्था छ, २ ओटा शाखा नहरको निमार्ण सम्पन्न भएका छन् भने २ ओटा शाखा नहर निमार्ण गर्नु बाँकी रहेका छन् ।” महाकाली सिचाई आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इन्जिनियर धिरेन्द्र नापितले भने, “मुल नहरबाट निमार्ण हुने सबै शाखा नहर ४८ किलोमिटर क्षेत्रमा हुनेछन्, शाखा नहरको लम्बाई आवश्यकता अनुसार निर्धारण गरिनेछ भने, चौडाई ३ मिटरको कङ्क्रिट सहितको निमार्ण गरिनेछ ।” शाखा नहर निमार्ण तिव्र पार्नका लागि मुआब्जा वितरण गर्ने कार्यलाई पनि आयोजना कार्यालयले तिव्रता दिएको उनले बताए ।
नहर निमार्ण पछि नेपालले प्रति सेकेण्ड २८ क्युमेक पानी पाउनेछ । व्रह्मदेव क्षेत्रबाट सन् २००१ मा मूलनहर निर्माण गर्ने भनेर अनुसन्धान थालिएको नहरको आर्थिक वर्ष ०६३/०६४ देखि सिंचाइको मुख्य नहर निर्माण अगाडि बढाइएको थियो । आयोजना सम्पन्न पश्चात ब्रह्मदेव क्षेत्रदेखि कैलालीको गोदावरी नदीसम्म ३३ हजार ५ सय २० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।

ताजा समाचार

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...

अर्थतन्त्रलाई गतिशील बनाउन लचिलो र सहज मौद्रिक नीति

काठमाडौं । राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउने भन्दै लचिलो र सहज मौद्रिक नीति ल्याएको...

‘नयाँ पुस्तालाई नेतृत्व दिँदा राष्ट्र एकजुट हुनेछ’

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविस्मरणीय रहने...

नगरप्रमुख नकर्मीको अन्त्येष्टि

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको...