विभूषण (अलङ्‍कार/पदक) सुशोभन समारोह सम्पन्‍न

Published on

काठमाडौं । नेपाली सेनाले संविधान दिवसको अवसरमा घोषणा भएको विभूषण (अलङ्कार/पदक) बाट सेनाका सम्बन्धित अधिकृत, पदिक तथा अन्यदर्जा विभूषित गरेकाे छ । जंगी अड्‍डामा आयोजित कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले संविधान दिवस २०७९ मा घोषित अलङ्‍कार र पदक प्राप्त गर्ने मध्ये अधिकृत २१, पदिक ६ र अन्यदर्जा १२ गरी जम्मा ३९ जनालाई अलङ्‍कार र पदकद्वारा सुशोभन गर्नु भएको हो ।

कार्यक्रममा बलाधिकृत रथी श्री सरोज प्रताप राणा, बलाध्यक्ष रथी श्री सिताराम खड्का लगायत रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो । गत आश्‍विन ०३ गते संविधान दिवसको अवसरमा नेपाली सेनाका २७ जनाले विभिन्न मानपदवी, २७ जनाले अलङ्‍कार र २९ जनाले पदक प्राप्त गरेका थिए । मानपदवी प्राप्त गर्ने सकलदर्जा गत बैशाख ०१ गते राष्ट्रपति भवनमा आयोजित सुशोभन समारोहमा सम्माननीय राष्ट्रपतिबाट विभूषित भैसकेका छन् ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...