प्रधानमन्त्री प्रचण्ड र सुरक्षा सल्लाहकार डोभालबीच भेटवार्ता

Published on

काठमाडौं । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभालले भेटवार्ता गर्नुभएको छ। 

चार दिवसीय भारत भ्रमणका लागि बुधबार दिल्ली पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड बस्नुभएको होटल मौर्यमा पुगेर सुरक्षा सल्लाहकार डोभालले भेट गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ। 

बुधबार दिल्ली पुग्नुभएका प्रधानमन्त्री प्रचण्डसँग सोही होटलमा पुगेर भारतका विदेश सचिव विनयमोहन क्वात्राले समेत भेट गर्नुभएको छ। 

प्रधानमन्त्री प्रचण्डलाई भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमास्थलमा बुधबार दिउँसो  भारतका विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गर्नुभएको हो। विमानस्थलमा उहाँलाई सांस्कृतिक कार्यक्रमसहित स्वागत गरिएको थियो। 

प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्री, कर्मचारी, संवैधानिक आयोगका प्रतिनिधिलगायत विशिष्ट पदाधिकारीले बिदाइ गर्नुभएको थियो।

ताजा समाचार

कोप-२८ लाई नेपालले अवसरका सदुपयोग गर्ने प्रधानमन्त्रीको भनाई

दुबई, १५ मंशिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई...

भुकम्प प्रभावित क्षेत्रमा अस्थायी घर बनाउँदै कांग्रेस नेता महर

जाजरकोट, १५ मंशिर । कार्तिक १७ गतेको भूकम्पले जाजरकोटको भेरी नगरपालिका-१ रावतगाउँका पूर्णबहादुर र उर्मिला...

गाजा अपडेटः इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो

गाजा, १६ मंशिर । इजरायलले गरेको आक्रमणमा परी मारिनेको संख्या ५४ पुगेको छ ।  युद्बबिराम...

युद्दबिरामका बिचमा प्यालेस्टाइनी भुमीवाट इजरायलमा रकेट प्रहार

गाजा, १५ मंशिर । इजरायली सेनाले गाजाबाट हानिएको रकेट अवरोध गरेको जनाएको छ । इजरायली...