क्रिस्टिन हरिला अन्नपूर्ण आधार शिविरमा

Published on

काठमाडौं । नर्वेजियन हिमाल आरोही क्रिस्टिन हरिला अन्नपूर्ण हिमाल आरोहणका लागि अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पुग्नुभएको छ । सन् २०१९ मा पुर्जाले कायम गरेको विश्व किर्तिमान तोड्न हरिला हिमाल यसपाली आरोहणका क्रममा हुनुहुन्छ ।

विश्वप्रसिद्ध आरोही निर्मल पुर्जाको रेकर्ड तोड्न आरोही हरिला म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्न आधार शिविर पुग्नुभएको अन्नपूर्ण गाउँपालिका –३ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताउनुभयो । क्रिस्टिनले केहीदिन अघि धौलागिरि हिमालको सफलतापूर्बक आरोहण गरेर अन्नपूर्ण आरोहणका लागि आउनुभएको उहाँले बताउनुभयो । ‘‘कठिन र चुनौतीपूर्ण मौसमका वावजुद पनि धौलागिरिको सफलतापूर्वक आरोहण गरेकी छु । मलाई विश्वास छ, अव अन्नपूर्णमा पनि सफलता मिल्नेछ’’ हरिलाले भन्नुभयो ।

हरिला सेभेन समिटन ट्रेक्सको व्यवस्थापनमा आरोहण गर्दै हुनुहुन्छ । सहयोगीसहित हरिला आधार शिविरमा पुग्नुभएको र एक हप्ताबीचमा आरोहण गर्नुहुने पर्यटन व्यवसायी शेरचनले बताउनुभयो । ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल ६ महिनाको अवधिमै आरोहण गर्ने अठोटका साथ एक वर्षअघि नेपाल आउनुभएको थियो । हरिलाले गतवर्ष १४ मध्ये १२ वटा हिमाल आरोहण गर्नुभएको थियो । बाँकी रहेका चोयु र सिसापाङमा हिमाल आरोहण गर्न चीनले अनुमति नदिएपछि हरिलाको रेकर्ड तोड्ने सपना अधुरो भएको थियो ।

यस वर्ष फेरि हरिलाले ६ महिनाभन्दा कम समयमा ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको आरोहण गरेर कीर्तिमान बनाउन नेपाल आउनुभएको हो । हरिलाले ३४ दिनमा तिब्बतका दुईसहित ७ वटा हिमालको सफल रुपमा आरोहण गरिसक्नुभएको छ ।
२०१९ मा नेपालीमुलका आरोही निर्मल पुर्जाले ६ महिनामै ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरी विश्व रेकर्ड बनाउनुभएको थियो । हरिलाले उक्त रेकर्ड तोडेर नयाँ विश्व कीर्तिमान कायम गर्ने प्रयासमा लाग्नुभएको छ । गोरखापत्र ।

ताजा समाचार

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...

अमिर खान फसे २४ घन्टासम्म चक्राबत मिचुआङमा, रेस्क्यु टाेलीले गर्याे उद्दार

मुम्बइ, २० मंशिर । चक्रवात मिचुआङले चेन्नईमा ठूलो क्षति पुर्याएको छ । यतिबेला सिंगो...