दुर्गम जिल्लामा थप सत्ताइस हजार क्विन्टल चामल पठाइँदै

Published on

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थप माग आएका दुर्गम जिल्लाबाट २७ हजार क्विन्टल चामल ढुवानी गर्न लागेको हो । 

चालु आर्थिक वर्षका लागि स्वीकृत कोटाले अपुग भएपछि १२ जिल्लाबाट थप माग आएकामा कम्पनीले २६ हजार ९७० क्विन्टल चामल पठाउन लागेको हो । खाद्यान्न अभाव भएपछि ती जिल्लाबाट चामलको माग आएको हो । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले १२ जिल्लाबाट ४३ हजार १७० क्विन्टल चामलको माग आएकामा २६ हजार क्विन्टल चामल पठाउन लागिएको जानकारी दिनुभयो । 

सोमबारदेखि नै ती जिल्लामा चामल ढुवानी गरिने उहाँले जानकारी दिनुभयो । हुम्लामा २५ हजार क्विन्टल चामलको माग आएकाले निर्णय गरेर केही दिनमै चामल पठाउने उहाँले जानकारी दिनुभयो । कर्णालीका धेरै जिल्लाबाट धेरै चामलको माग आएको कम्पनीले जनाएको छ । कर्णालीमा खाद्यान्न उत्पादन नहुँदा बर्सेनि अभाव हुने गर्छ । 

कम्पनीले सोलुखुम्बुमा दुई हजार क्विन्टल थप चामलको माग आएकामा एक हजार क्विन्टल चामल ढुवानी गर्न लागेको छ । भोजपुरमा पाँच सय क्विन्टल चामलको माग आएकामा सोही परिणाममा चामल पठाउन लागिएको छ । दैलेखमा एक हजार पाँच सय क्विन्टल, जुम्लामा दुई हजार पाँच सय क्विन्टल चामल पठाउन लागिएको कम्पनीले जनाएको छ । 

यस्तै अछाममा दुई हजार पाँच सय क्विन्टल र दार्चुलामा पाँच हजार चार सय क्विन्टल चामल ढुवानी गर्न लागिएको कम्पनीले जनाएको छ । बाजुरामा तीन हजार पाँच सय क्विन्टल, जाजरकोटमा चार हजार क्विन्टल थप चामल ढुवानी गर्न लागिएको कम्पनीले जनाएको छ । मुगुमा दुई हजार पाँच सय क्विन्टल, मुस्ताङमा २७० क्विन्टल ढुवानी गर्न लागिएको छ । यस्तै रुकुमपश्चिममा एक हजार पाँच सय क्विन्टल र बैतडीमा एक हजार क्विन्टल चामल ढुवानी गर्न लागिएको कम्पनीले जनाएको छ । १२ वटा जिल्लामा हालसम्म ३७ हजार ४२४ क्विन्टल चामल ढुवानी भएको कम्पनीले जनाएको छ । 

खाद्यान्न ढुवानी गर्ने म्याद असारसम्म भएकाले पनि धेरै ठाउँमा चामल पुग्न बाँकी रहेको कम्पनीले जनाएको छ । चालु आवको स्वीकृत बजेटमा माग नभएका ठाउँको चामल थप माग आएका ठाउँमा वितरण गर्ने कम्पनीले जनाएको छ । स्थानीयस्तरमा पर्याप्त उत्पादन नहुँदा कर्णाली जुम्ला, कालीकोट, हुम्ला, मुगुलगायतका अन्य दुर्गम जिल्लामा खाद्य कम्पनीले चामल पठाउने गर्छ । 

कम्पनी लिमिटेडले चालु आवमा तीन लाख क्विन्टल चामल ढुवानी गर्नुपर्ने कोटा निर्धारण गरेको छ । त्यसमध्ये कम्पनीले साउनदेखि जेठ २५ सम्म दुई लाख २३ हजार क्न्टिल चामल ढुवानी गरिसकेको जनाएको छ । दुर्गम जिल्लाका जनतालाई सुपथ मूल्यमा चामल उपलब्ध गराउन चालु आवमा ४९ करोड रुपियाँ बजेट विनियोजन गरेको थियो । कम्पनीले २४ दुर्गम तथा पहाडी जिल्लामा सो चामल ढुवानी गरेको हो । 

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...