सिन्धुलीमा बाढीपहिरोबाट ३१ घरमा क्षति

Published on

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–२ बितिजोरमा शनिबार बिहान बाढीपहिरोबाट ३१ घरमा क्षति पुगेको छ ।

लगातारको वर्षापछि खसेको पहिरो र लेदा माटोसहित आएको बाढीले कुखुरेटार, तीनमाने, भालुखोला, कटहरेका ३१ घरमा क्षती पुर्‍याएको वडा अध्यक्ष दौलत कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार कुखुरेटारमा पहिरोले मंगलबहादुर माझीको घर र चित्रबहादुर माझीको स्थानीय जातको ६० वटा कुखुरा र पाँच वटा सुँगुरसहित गोठ बगाएको ।

वडा अध्यक्ष कार्कीले भन्नुभयो, ‘‘राति वर्षासँग बस्तिभन्दा माथि पाखाबाट लेदोमाटोसहित बगेर आएको बाढी घर भित्र पसेर सबै ठाउँमा गरी ३१ घरमा क्षती पुगेको छ ।’’

माझी बस्तीमा सेते माझी, रामबहादुर माझी, लालबहादुर माझी, प्रेमबहादुर माझी सहित सबै घरमा क्षेती पुगेको उहाँले बताउनुभयो । बाढीपहिरो पीडित परिवारहरु अहिले पनि क्षती भएको घरमा नै बसी रहेका छन् । उनीहरु राहत सहयोगको पर्खाइमा रहेको स्थानीयले बताएका छन् ।

बितीजोर खोलामा आएको बाढी खेतमा पसेर तीनमाने, कटहरे, भालुखोलामा मकै र रोपाईका लागि राखिएको धानको व्याड पुरेर बाँकी केही नराख्दा किसान मर्कामा परेको वडा अध्यक्ष कार्कीले बताउनुभयो । कसको कति क्षती भयो भन्ने विवरण सङ्कलन र राहत सहयोगका लागि पहल भइरहेको उहाँको भनाइ छ ।

घरमा लेदो पसेर बस्नै नहुने गरी पुरेको पीडित सेते माझीले गुनासो गर्नुभयो । उहाँका अनुसार तरकारीको टनेल समेत लेदोसहितको पहिरोले पुरिदिएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत कुखुरेटारमा ठाउँठाउँमा माथिबाट झेरको पहिरो सडकमा थुप्रिदा एकतर्फी यातायात सञ्चालन भएको स्थानीले बताएका छन् । गाेरखापत्र

ताजा समाचार

बङ्गलादेशद्वारा पूर्वप्रधानमन्त्री शेख हसिना पार्टीको विद्यार्थी सङ्गठन प्रतिबन्धित

काठमाण्डौँ । जुलाई–अगस्ट विद्रोहको नेतृत्व गर्ने विद्यार्थी समूहको मागपछि पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी...

गाउँमै मौलिकता झल्कने सङ्ग्रहालय

काठमाण्डौँ । नेपालको पहिचानसँग जोडिएका परम्परागत रीतिरिवाज तथा रहनसहनजस्ता मौलिकता बिस्तारै हराउँदै जान थालेको...

स्थानीय तहलाई गिटी र बालुवाको ठेक्का लगाउन सकस

काठमाण्डौँ । सिन्धुलीका स्थानीय तहले ढुङ्गा, गिटी र बालुवाको ठेक्का लगाउन सकेका छैनन् ।...

नेपाल एयरलाइन्समा देखिएका समस्याहरु दीर्घकालीन रुपमा समाधान गर्छौ : मन्त्री पाण्डे

काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपाल एयरलाईन्समा देखिएका समस्याहरुको...