नेपालमा लागूऔषधको प्रयोग समस्याको रुपमा देखापर्दै : गृहमन्त्री श्रेष्ठ

Published on

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागूऔषध नियन्त्रणसम्बन्धी राष्ट्रिय नीति तथा रणनीति र कानुनले अङ्गीकार गरेका कार्यक्रमको सफल कार्यान्वयन गर्न सबैपक्षबाट इमान्दार प्रयासको आवश्यकता रहेको बताउनुभएको छ ।

सोमबार लागूऔषध दुरुपयोग गतथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा पनि समस्याको रुपमा देखा पर्दै आएको भन्दै गाँजा, चरेस, अफिम, हेरोइन जस्ता निषेधित पदार्थ र कोकिन लगायत तोकिएका नियन्त्रित पदार्थ लागूऔषधका रुपमा प्रयोग गर्ने गरिएको पाइएको बताउनुभयो ।

‘‘यसबाट समृद्ध राष्ट्र निर्माणको राष्ट्रिय लक्ष्य प्राप्त गर्नसमेत बाधा पुग्छ । स्वस्थ, सभ्य र अपराधमुक्त र समुन्नत समाज निर्माण गर्ने राष्ट्रिय लक्ष्य हाँसिल गर्न यसले बाधा गर्दछ । लागूऔषध नियन्त्रणको प्रमुख निकाय अहिले गृह मन्त्रालय रहेको छ । अन्य सरकारी निकाय र विभिन्न संस्थाबाट समन्वय र सहकार्य हुँदै आएको छ ।,’’ मन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘सर्वसाधारण जनताको सदाचार, स्वास्थ्य सुविधा र आर्थिक हीत कायम राख्नका लागि लागूऔषधको उत्पादन, निर्माण, खरिद बिक्री, सञ्चय, ओसारपसरा र सेवन तथा निकासी पैठारीसमेतमा नियन्त्रण गर्न गृह मन्त्रालय लागूऔषध नियन्त्रण ऐन, २०३३ लाई कार्यान्वयन गर्न लागिपरेको छ ।’’
मन्त्री श्रेष्ठले लागूऔषधका प्रयोग कर्ता बढ्नु, अपराधको दर बढ्दै जानु, लागूऔषधको अवैध कारोबार बढ्नु चिन्ताजनक अवस्था रहेको जानकारी दिनुभयो । उहाँले नेपालमा लागूऔषध सेवनकर्ता २० देखि २९ वर्ष उमेर समूहको सङ्ख्या बढी प्रभावित भएको तथ्याङ्कले देखाएको बताउनुभयो । उहाँले विकासका संवाहक र भविष्यका उत्पादनशील युवा जनशक्ति दुर्व्यसनमा फस्दा व्यक्ति स्वयम्, परिवार, समाज र राष्ट्रका लागि हानिकारक हुने जिकिर गर्नुभयो ।

‘‘लागूऔषधको प्रयोग नेपालमा पनि समस्याको रुपमा देखा पर्दै आएको छ । गाँजा, चरेस, अफिम, हेरोइन जस्ता निषेधित पदार्थ र कोकिन, बुप्रेनरफिम, डाइजिपाम लगायत तोकिएका नियन्त्रित पदार्थ लागूऔषधका रुपमा प्रयोग गर्ने गरिएको छ । विभिन्न तथ्याङ्कहरुबाट लागूऔषधका प्रयोग कर्ता बढ्नु, अपराधको दर बढ्दै जानु, लागूऔषधको अवैध कारोबार बढ्नु चिन्ताजनक स्थिति रहेको छ ।,’’ मन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘लागूऔषध सेवनकर्ता २० देखि २९ वर्ष उमेर समूहको सङ्ख्या बढी प्रभावित भएको छ । विकासका संवाहक र भविष्यका उत्पादनशील युवा जनशक्ति दुर्व्यसनमा फस्दा व्यक्ति स्वयम्, परिवार, समाज र राष्ट्रका लागि हानिकारक हुन्छ नै ।’’

लागूऔषध दुरुपयोगको रोकथाम र नियन्त्रणको विषय बहुसरोकारको विषय भएकाले संवद्ध निकायको समन्वय र सहकार्यबाट लागूऔषधको उत्पादन, बिक्री वितरण, सञ्चय, ओसारपसार तथा पुनर्स्थापना, जोखिम न्यूनिकरण, बिरामीको सामाजिक पुनर्स्थापना जनचेतना मुलक अभियानको रुपमा सञ्चालन गरी तीन तहकै सरकारको नीति कार्यक्रममा मुल प्रवाहीकरण गरी सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।

‘‘लागूऔषध नियन्त्रण राष्ट्रिय नीति २०६३, रणनीति २०६६,लागूऔषध प्रयोगकर्ताहरुका लागि उपचार तथा पुनर्स्थापना सञ्चालन निर्देशिका २०७५, लागूऔषधको मौखिक प्रतस्थापन उपचार केन्द्र सञ्चालन निर्देशिका २०७०, लागूऔषध नियन्त्रण राष्ट्रिय गुरुयोजना २०७९, २०८४ र अन्य गुरुयोजना स्वीकृति र कार्यान्वयन भइरहेको छ । कानुन, नीति र रणनीतिलाई समसामयिक रुपमा संशोधन गर्न मन्त्रालयले काम सुरुवात गरेको छ ।,’’ मन्त्री श्रेष्ठले थप्दै भन्नुभयो, ‘‘लागूऔषध दुरुपयोगको रोकथाम र नियन्त्रणको विषय बहुसरोकारको विषय भएकाले संवद्ध निकायको समन्वय र सहकार्यबाट लागूऔषधको उत्पादन, बिक्री वितरण, सञ्चय, ओसारपसार तथा पुनर्स्थापना, जोखिम न्यूनिकरण, बिरामीको सामाजिक पुनर्स्थापना जनचेतना मुलक अभियानको रुपमा सञ्चालन गरी तीन तहकै सरकारको नीति कार्यक्रममा मुल प्रवाहीकरण गरी सञ्चालन गर्न आवश्यक छ । मुलुकको सर्वाङ्गिण विकास, समृद्धि एवम् शान्ति सुरक्षा र सुशासन कायम गर्ने दिशामा लागूऔषध अपराधविरुद्धको राष्ट्रिय उपदेयिता जुटाउन अपरिहार्य भएको छ । लागूऔषध नियन्त्रणसम्बन्धी राष्ट्रिय नीति तथा रणनीति र कानुनले अङ्गीकार गरेका कार्यक्रमको सफल कार्यान्वयन गर्न सबैपक्षबाट इमान्दार प्रयासको आवश्यकता रहेको छ ।’’

लागूऔषध दुरुपयोगविरुद्धको ऐक्यवद्धता, व्यक्ति समाज र राष्ट्रको प्रतिवद्धता भन्ने नाराकासाथ यस वर्षको लागूऔषध दुरुपयोग गतथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको हो । लागूऔषध दुरुपयोग गतथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा सचेतनामुलक कार्यक्रमसमेत आयोजना गरिएको थियो । सो अवसरमा नेपाल प्रहरी, शसस्त्र प्रहरी बल लगायत कार्यक्रममा उपस्थित विद्यार्थीहरुले जनचेतना कार्यक्रम प्रस्तुती गरेका थिए । 

ताजा समाचार

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...

अर्थतन्त्रलाई गतिशील बनाउन लचिलो र सहज मौद्रिक नीति

काठमाडौं । राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउने भन्दै लचिलो र सहज मौद्रिक नीति ल्याएको...

‘नयाँ पुस्तालाई नेतृत्व दिँदा राष्ट्र एकजुट हुनेछ’

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविस्मरणीय रहने...

नगरप्रमुख नकर्मीको अन्त्येष्टि

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको...