पर्यटकलाई आकर्षित गर्न प्रतीकात्मक विमान निर्माण

Published on

काठमाडौं । धनकुटाको पाख्रिवासस्थित संसारी सिमसार क्षेत्रमा पर्यटकलाई आकर्षित गर्न प्रतीकात्मक विमान निर्माण गरिएको छ। सो प्रतीकात्मक विमानको लम्बाइ ८० फिट तथा उचाइ १० फिट रहेको छ। भित्रसमेत पस्न र बस्न मिल्ने गरी निर्माण गरिएको सो विमानमा करिब ६० व्यक्ति अटाउन सकिन्छ।

सो संरचनाभित्र विभिन्न कार्यक्रम, सेमिनार, गोष्ठी गर्न सकिने सिमसार व्यवस्थापनका सचिव प्रेम भण्डारीले जानकारी दिनुभयो। पर्यटकलाई नयाँपन दिन विमान निर्माण गरिएको उहाँको भनाइ छ। कोशी प्रदेश सरकारको सहयोगमा करिब १५ लाख रुपियाँको लागतमा सो संरचना निर्माण गरिएको हो। फलाम टिनका पाता र सिसा प्रयोग गरी विमानकक्ष निर्माण गरिएको हो। विमान कक्षभित्र भने पाख्रिबास नगरपालिकाको करिब तीन लाख रुपियाँको सहयोगमा बस्ने सिट तथा शौचालय निर्माणको तयारी गरिएको छ।

पर्यटकलाई आकर्षित गर्न प्रदेश सरकारसँग रकम मागेर काम गरिएको प्रमुख ज्ञानबहादुर गुरुङले जानकारी दिनुभयो। “प्रदेश सरकारको सहयोगमा बाहिरी संरचना निर्माण ग¥यौ, अब पालिकाले भित्रको संरचना निर्माण गर्न सहयोग गर्छ अनि पर्यटकले नयाँपन पाउने छन्,” उहाँले भन्नुभयो।

सो सिमसार क्षेत्रमा यसअघिनै करिब एक करोड ६९ लाख रुपियाँको लागतमा पोखरी व्यवस्थापन गरी शिवको मूर्ति, बुद्धको मूर्ति, नागसहित विभिन्न संरचना निर्माण गरिएको छ। सो क्षेत्रमा अहिले दैनिक सयको हाराहारीमा पर्यटक घुम्न आउने गरेका छन्।

ताजा समाचार

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...

ढल्केबर-बारा प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबिचको विद्युत् व्यापार...