पर्यटकलाई आकर्षित गर्न प्रतीकात्मक विमान निर्माण

Published on

काठमाडौं । धनकुटाको पाख्रिवासस्थित संसारी सिमसार क्षेत्रमा पर्यटकलाई आकर्षित गर्न प्रतीकात्मक विमान निर्माण गरिएको छ। सो प्रतीकात्मक विमानको लम्बाइ ८० फिट तथा उचाइ १० फिट रहेको छ। भित्रसमेत पस्न र बस्न मिल्ने गरी निर्माण गरिएको सो विमानमा करिब ६० व्यक्ति अटाउन सकिन्छ।

सो संरचनाभित्र विभिन्न कार्यक्रम, सेमिनार, गोष्ठी गर्न सकिने सिमसार व्यवस्थापनका सचिव प्रेम भण्डारीले जानकारी दिनुभयो। पर्यटकलाई नयाँपन दिन विमान निर्माण गरिएको उहाँको भनाइ छ। कोशी प्रदेश सरकारको सहयोगमा करिब १५ लाख रुपियाँको लागतमा सो संरचना निर्माण गरिएको हो। फलाम टिनका पाता र सिसा प्रयोग गरी विमानकक्ष निर्माण गरिएको हो। विमान कक्षभित्र भने पाख्रिबास नगरपालिकाको करिब तीन लाख रुपियाँको सहयोगमा बस्ने सिट तथा शौचालय निर्माणको तयारी गरिएको छ।

पर्यटकलाई आकर्षित गर्न प्रदेश सरकारसँग रकम मागेर काम गरिएको प्रमुख ज्ञानबहादुर गुरुङले जानकारी दिनुभयो। “प्रदेश सरकारको सहयोगमा बाहिरी संरचना निर्माण ग¥यौ, अब पालिकाले भित्रको संरचना निर्माण गर्न सहयोग गर्छ अनि पर्यटकले नयाँपन पाउने छन्,” उहाँले भन्नुभयो।

सो सिमसार क्षेत्रमा यसअघिनै करिब एक करोड ६९ लाख रुपियाँको लागतमा पोखरी व्यवस्थापन गरी शिवको मूर्ति, बुद्धको मूर्ति, नागसहित विभिन्न संरचना निर्माण गरिएको छ। सो क्षेत्रमा अहिले दैनिक सयको हाराहारीमा पर्यटक घुम्न आउने गरेका छन्।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...