आरोहीको शव हिमालमै छोडेर आउन नपाइने

Published on

काठमाडौं । हिमाल आरोहण गर्ने क्रममा बेपत्ता र मृत्यु भएका आरोहीको शव अब आरोहण कम्पनीले नै फिर्ता लिएर आउनुपर्ने भएको छ । नेपाल पर्यटन विभागले हिमाल आरोहणका क्रममा मृत्यु भएका आरोहीको शव छोडेर आउने क्रम रोक्न आरोहणमा संलग्न कम्पनीले नै शव ल्याउनुपर्ने बाध्यकारी व्यवस्था लागु गरेको हो । 

पर्यटन विभागका आरोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार आरोहणका क्रममा मृत्यु भएका आरोहीलाई बेपत्ता भएको भनी छोडेर आउने प्रवृत्ति बढेकाले अब शव छोडेर आउन नपाइने नियम लागु गरिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “आरोहणसम्बन्धी नियमावलीमै भएको व्यवस्था अनुसार सम्बन्धित एजेन्सीलाई हराएका आरोहीको खोजी, उद्धार तथा शव ल्याउन अब आउने सिजनदेखि आरोहण कम्पनीले कमिटमेन्ट पत्र (प्रतिबद्धतापत्र) पेस गर्नुपर्ने छ ।”

आरोहण कम्पनीले विमागमा सफल आरोहणको दाबी गर्दै प्रमाणपत्र लिन आउने समयमा उक्त कम्पनीमार्फत आरोहणमा गएका मृतक आरोहीको शव उद्धार गर्ने तथा हराएका आरोहीको शव खोजीका लागि प्रतिबद्धतापत्रसहित पेस गर्नुपर्ने उहाँले बताउनुभयो ।

सन् २०२३ को वसन्त ऋतुमा सगरमाथा आरोहणका क्रममा दुई जना नेपाली भरियाले ज्यान गुमाएका छन् भने पाँच जना बेपत्ता छन् । बेपत्ता पाँच जना भरिया शेर्पामध्ये तीन जना खुम्बु आइसफल क्षेत्रमा र दुई साउथ समिटबाट बेपत्ता भएका हुन् । 

त्यसै गरी सगरमाथा आरोहणका क्रममा अमेरिका, मलेसिया, मालडोभा, चीन, भारत, अस्ट्रेलिया र क्यानडाका एक÷एक जना आरोहीले गुमाएका छन् । सगरमाथा आरोहणकै क्रममा मलेसिया, सिङ्गापुर, हङ्गेरीका एक/एक जना आरोही बेपत्ता छन् ।

त्यस्तै सगरमाथाबाहेक अन्नपूर्ण र कञ्चनजङ्घा हिमालमा एक/एक जना विदेशी नागरिकको मृत्यु भएको छ । कञ्चनजङ्घामा ज्यान गुमाउने जर्मनीका नागरिक हुन् भने अन्नपूर्णमा आयरल्यान्डका नागरिकले ज्यान गुमाएका हुन् ।   

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...