विधिको शासनद्वारा सुशासन कायम गरिनुपर्छ : अध्यक्ष लामिछाने

Published on

काठमाडौै । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले नेपाली सेनाको सङ्ख्या घटाउन पर्छ भनेर आफूले कहीँकतै नबोलेको बताउनुभएको छ । विराटनगर–११ पिचरास्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सेनाको सङ्ख्या घटाउनु पर्छ भनेर संसद् तथा पार्टीका अन्य कार्यक्रममा पार्टीको सांसद तथा नेताले समेत बोलेका छैनन् भन्नुभयो ।

उहाँले विधिको शासनद्वारा राष्ट्र सञ्चालन भएमा सुशासन कायम हुनेमा पार्टी स्पष्ट छ भन्नुभयो । अध्यक्ष लामिछानेले प्रदेश संरचना सुधारका लागि दलहरुबीच सहमति जरुरी रहेको बताउनुभयो । उहाँले आफ्नो पार्टी आम समर्थक पार्टी भएको स्पष्ट पार्दै आगामी मङ्सिरदेखि पार्टीको अधिवेशन कार्य सुरु हुने जानकारी दिनुभयो । रासस

ताजा समाचार

कांग्रेस सांसद आचार्य राहत सामग्री बोकेर जाजरकोट प्रस्थान

काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद  मोहन आचार्य  राहत...

स्वर्णिम वाग्ले रास्वपा उपसभापति नियुक्त

काठमाडौं, १३ मंसिर । डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति नियुक्त भएका...

पुकार बम रास्वपा केन्द्रीय सदस्य मनोनित

काठमाडौं, १३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा पाँच जना केन्द्रीय सदस्य मनोनित भएका...

अमेरिकी राष्ट्रपति बाइडेन राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी नहुने

काठमाडौं, १३ मंसिर । अमेरिकी राष्ट्रपति जो बाइडेन संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी...