बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीले लगभग देशैभरि पानी

Published on

अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेको भए पनि बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीले लगभग देशैभरि पानी परिरहेको मौसमविद्हरूले बताएका छन्।

मङ्गलबार बिहानैदेखि खासगरी दाङ र चितवन आसपासका क्षेत्रमा भारी वर्षा भएको थियो।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा अनि कर्णाली, सुदूर पश्चिम तथा मधेश प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिएका छन्।

मनसुनको मौसम भएकाले बदली र वर्षाको क्रम यथावत् चलिरहने मौसमविद्हरूले बताएका छन्।

कहिलेसम्म झरी जारी रहला?
बाढी पुर्वानुमान महाशाखाले मङ्गलबार बिहान जारी गरेको बुलेटिनमा मकवानपुर, चितवन, तनहुँ, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बर्दियालगायत काठमाण्डू उपत्यकामा पनि स–साना नदीहरूमा बहाव बढ्न सक्ने तथा आकस्मिक बाढीको जोखिम रहेको उल्लेख छ।

तिनाउ नदीको जलसतह खतराको तह आसपास रहेकाले नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन उसले सचेत गराएको छ।

बुधवार र बिहीवार सम्मको मौसम पूर्वानुमान अनुसार देशैभरि सामान्य बदली रहने तथा कोशी, कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकीका केही स्थानमा भारी वर्षा समेत हुने जनाइएको छ। BBC

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...