सुदूरपश्चिम सरकारमा कांग्रेसका एक र नाउपाका एक गरी दुइ मन्त्री थपिए

Published on

धनगढी – सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारलाई पूर्णता दिएका छन् । शाहले कांग्रेसका शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

यस्तै नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरिएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । नवनियुक्त मन्त्रीहरुको अहिले ६ बजे प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण कार्यक्रम राखिएको छ ।

आन्तरिक मामिला मन्त्रीमा नियुक्त भएका भट्ट बैतडीको प्रदेशसभा (२) बाट निर्वाचित भएका थिए भने चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (२) बाट निर्वाचित भएका थिए । माघ २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै सरकारलाई पूर्णता दिएका हुन् ।

ताजा समाचार

संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा ‘हिमालको पुकार’ वृत्तचित्र प्रदर्शन

काठमाडौँ – संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा...

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...