नेशनल प्याब्सन काठमाडौले श्रावण १९ गते जिल्लाव्यापी कविता वाचन प्रतियोगिता गर्ने

Published on

नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिले यहि श्रावण १९ गते कविता वाचन प्रतियोगिता हुने भएको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ६५ विद्यालय सहभागी हुनेगरी कविता वाचन प्रतियोगिता गर्न लागेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै काठमाडौँ जिल्ला समिति सचिव अमृत खड्काले एक दिने जिल्ला व्यापी प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई रु तीन हजार, द्धितीय हुनेलाई रु दुई हजार, तृतीय हुनेलाई रु १५ सय, चौथो हुनेलाई एक हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ भने सहभागी सम्पूर्णलाई प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगिता काठमाडौँको काँडाघारीमा रहेको भीमेश्वर स्कुल प्राङगणमा विहान १० बजेर ३० मिनेटमा सुरु हुने र दिउँसो ३ बजे सम्पन्न हुनेछ । प्रतियोगितामा ६५ विद्यालयका कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत छात्र वा छात्रा मध्येबाट १ जनाले सहभागी हुन पाउनेछन । प्रतियोगितामा वाचन गर्ने कविता प्रतियोगीको आफ्नै रचना हुनुपर्ने समेत भनिएको छ । यस्तै रचित प्रतियोगी कविता गद्य वा पद्य दुवै शैलीमा हुन सक्नेछ भने कबिता बढीमा दुई सय शब्दसम्मको हुनु पर्नेछ ।
कविता वाचनको माध्यम नेपाली भाषा हुनुका साथै प्रतियोगी वाचनकर्ताले स्पष्ट रुपमा लेखिएको एकप्रति रचना प्रतियोगिता सुरुहुनु भन्दा एक घण्टा अगावै आयोजकलाई बुझाउनुपर्ने समेत आयोजकले तोकेको छ । प्रतियोगितामा भाग लिन प्रति विद्यालय रु एक हजार सहभागी शुल्क बुझाउनुपर्नेछ ।


कार्यक्रममा बोल्दै नेशनल प्याब्सन केन्द्रिय समितिका पूर्व अध्यक्ष कर्णबहादुर शाहीले नेशनल प्याब्सन काठमाडौँ जिल्लाले गर्न लागको कविता वाचन प्रतियोगिता विद्यार्थीहरुका लागि अति उत्तम रहेको बताए ।
यस्तै नेशनल प्याब्सन जिल्ला समिति सचिव अमृत खड्काले यसबर्ष विद्यार्थीको शुद्ध आफ्नै रचना हुने भएकोले विद्यार्थीको वास्तविक कलाको पहिचान हुने समेत बताए । उनले यदि कसैको सृजनालाई नक्कल गरेको भए स्वतः बदर हुने समेत बताए । प्रतियोगिताको संयोजन भने नेशनल प्याब्सन कागेश्वरी मनोहरा नगर समितिले गर्ने छ ।
प्रतियोगितामा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत छात्र वा छात्रा मध्येबाट १ जनाले सहभागी हुन पाउनेछन । रचित प्रतियोगी कविता गद्य वा पद्य दुवै शैलीमा हुन सक्नेछ भने कबिता बढीमा दुई सय शब्दसम्मको हुनु पर्नेछ ।
कविता वाचनको माध्यम नेपाली भाषा हुनुका साथै प्रतियोगी वाचनकर्ताले स्पष्ट रुपमा लेखिएको एकप्रति रचना प्रतियोगिता सुरुहुनु भन्दा एक घण्टा अगावै आयोजकलाई बुझाउनुपर्ने समेत आयोजकले तोकेको छ । कविताको छनोट गर्ने अन्तिम निर्णय निर्णायकको हुनेछ । प्रतियोगीहरुलाई वाचनको लागि गोलाप्रथाद्वारा पालो निर्धारण कोड प्रदान गरिनेछ भने प्रतियोगीहरुले वाचनको समयमा विद्यालयको नाम र अन्य प्रतियोगीतालाई बाधा पु¥याउने खालको सम्बोधन गर्ने पाइने छैन भनि आयोजकले नियम तोकेको छ ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...