नेशनल प्याब्सन काठमाडौले श्रावण १९ गते जिल्लाव्यापी कविता वाचन प्रतियोगिता गर्ने

Published on

नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिले यहि श्रावण १९ गते कविता वाचन प्रतियोगिता हुने भएको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ६५ विद्यालय सहभागी हुनेगरी कविता वाचन प्रतियोगिता गर्न लागेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै काठमाडौँ जिल्ला समिति सचिव अमृत खड्काले एक दिने जिल्ला व्यापी प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई रु तीन हजार, द्धितीय हुनेलाई रु दुई हजार, तृतीय हुनेलाई रु १५ सय, चौथो हुनेलाई एक हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ भने सहभागी सम्पूर्णलाई प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगिता काठमाडौँको काँडाघारीमा रहेको भीमेश्वर स्कुल प्राङगणमा विहान १० बजेर ३० मिनेटमा सुरु हुने र दिउँसो ३ बजे सम्पन्न हुनेछ । प्रतियोगितामा ६५ विद्यालयका कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत छात्र वा छात्रा मध्येबाट १ जनाले सहभागी हुन पाउनेछन । प्रतियोगितामा वाचन गर्ने कविता प्रतियोगीको आफ्नै रचना हुनुपर्ने समेत भनिएको छ । यस्तै रचित प्रतियोगी कविता गद्य वा पद्य दुवै शैलीमा हुन सक्नेछ भने कबिता बढीमा दुई सय शब्दसम्मको हुनु पर्नेछ ।
कविता वाचनको माध्यम नेपाली भाषा हुनुका साथै प्रतियोगी वाचनकर्ताले स्पष्ट रुपमा लेखिएको एकप्रति रचना प्रतियोगिता सुरुहुनु भन्दा एक घण्टा अगावै आयोजकलाई बुझाउनुपर्ने समेत आयोजकले तोकेको छ । प्रतियोगितामा भाग लिन प्रति विद्यालय रु एक हजार सहभागी शुल्क बुझाउनुपर्नेछ ।


कार्यक्रममा बोल्दै नेशनल प्याब्सन केन्द्रिय समितिका पूर्व अध्यक्ष कर्णबहादुर शाहीले नेशनल प्याब्सन काठमाडौँ जिल्लाले गर्न लागको कविता वाचन प्रतियोगिता विद्यार्थीहरुका लागि अति उत्तम रहेको बताए ।
यस्तै नेशनल प्याब्सन जिल्ला समिति सचिव अमृत खड्काले यसबर्ष विद्यार्थीको शुद्ध आफ्नै रचना हुने भएकोले विद्यार्थीको वास्तविक कलाको पहिचान हुने समेत बताए । उनले यदि कसैको सृजनालाई नक्कल गरेको भए स्वतः बदर हुने समेत बताए । प्रतियोगिताको संयोजन भने नेशनल प्याब्सन कागेश्वरी मनोहरा नगर समितिले गर्ने छ ।
प्रतियोगितामा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत छात्र वा छात्रा मध्येबाट १ जनाले सहभागी हुन पाउनेछन । रचित प्रतियोगी कविता गद्य वा पद्य दुवै शैलीमा हुन सक्नेछ भने कबिता बढीमा दुई सय शब्दसम्मको हुनु पर्नेछ ।
कविता वाचनको माध्यम नेपाली भाषा हुनुका साथै प्रतियोगी वाचनकर्ताले स्पष्ट रुपमा लेखिएको एकप्रति रचना प्रतियोगिता सुरुहुनु भन्दा एक घण्टा अगावै आयोजकलाई बुझाउनुपर्ने समेत आयोजकले तोकेको छ । कविताको छनोट गर्ने अन्तिम निर्णय निर्णायकको हुनेछ । प्रतियोगीहरुलाई वाचनको लागि गोलाप्रथाद्वारा पालो निर्धारण कोड प्रदान गरिनेछ भने प्रतियोगीहरुले वाचनको समयमा विद्यालयको नाम र अन्य प्रतियोगीतालाई बाधा पु¥याउने खालको सम्बोधन गर्ने पाइने छैन भनि आयोजकले नियम तोकेको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...