आँखा पाक्ने रोगले विद्यालय बन्द गर्ने निर्णय

Published on

काठमाडौै । झापामा आँखा पाक्ने रोग फैलिएसँगै उपचारका लागि अस्पतालमा भीड लागेको छ । आँखा पाक्ने रोगका कारण बिर्तामोड र भद्रपुर नगरपालिकाका विद्यालय सोमवारसम्म बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

आँखा पाक्ने रोगको संक्रमण फैलिएसँगै नगरक्षेत्रका सबै संस्थागत विद्यालय बन्द गरिएको भद्रपुर नगर शिक्षा शाखाले जनाएको छ । आँखा पाक्ने रोग विद्यार्थीमा फैलिएको भन्दै संस्थागत विद्यालयका प्रधानाध्यापकहरुले बिहीबार नगरपालिकासँग बैठकबसी सोमवारसम्म बिदा दिने निर्णय गरेको छ । आँखा पाक्ने सङ्क्रमणबाट धेरै विद्यार्थी सङ्क्रमित भएपछि बिर्तामोड नगरक्षेत्रका विद्यालय आइतवार र सोमवार बन्द गर्ने नगरपालिकाले निर्णय गरेको जनाएको छ । सङ्क्रमण नभएका विद्यालयहरुको लागि बिदा गर्नैपर्ने बाध्यता नराखिएको शिक्षा शाखाका अधिकृत केशर खवासले बताउनुभयो । आँखा पाक्ने समस्या भएपछि संस्थागत विद्यालयका तर्फबाट नगर प्याव्सनले नगरपालिकासँग दुई दिन विद्यालय बन्द गर्न माग गरेको थियो । आँखा पाक्ने रोगका कारण बिर्तामोडका केही विद्यालयले आजदेखि नै पठनपाठन बन्द गरेका छन् ।

केहिदिनदेखि आँखा पाक्ने रोगका कारण झापाका अस्पतालमा आँखा पाकेका बिरामीको भीड बढेको स्थानीय अस्पतालले जनाएका छ । मेचीनगर, बिर्तामोड, भद्रपुर र दमक क्षेत्रका आँखा अस्पतालमा आँखा पाकेर उपचारका लागि आउने बिरामीको सङ्ख्या अत्यधिक छ । एउटै घरका धेरै व्यक्ति यो रोगबाट सङ्क्रमित भएको पाइएको छ । मेची आँखा अस्पताल बिर्तामोडका नेत्र सहायक पुष्प अधिकारीले दैनिक पाँच सय जति बिरामी आँखा पाकेको समस्या लिएर आउनेगरेको बताउनुभयो । बिर्तामोड आँखा अस्पतालका नेत्र सहायक विनोद दाहालले आफ्नो अस्पतालमा दैनिक आउने ६ सय बिरामीमध्ये तीनसय बिरामी आँखा पाक्ने समस्या लिएर उपचारका लागि धाउने गरेको बताउनुभयो । गोखा ।

ताजा समाचार

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...

अमिर खान फसे २४ घन्टासम्म चक्राबत मिचुआङमा, रेस्क्यु टाेलीले गर्याे उद्दार

मुम्बइ, २० मंशिर । चक्रवात मिचुआङले चेन्नईमा ठूलो क्षति पुर्याएको छ । यतिबेला सिंगो...