आँखा पाक्ने रोगले विद्यालय बन्द गर्ने निर्णय

Published on

काठमाडौै । झापामा आँखा पाक्ने रोग फैलिएसँगै उपचारका लागि अस्पतालमा भीड लागेको छ । आँखा पाक्ने रोगका कारण बिर्तामोड र भद्रपुर नगरपालिकाका विद्यालय सोमवारसम्म बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

आँखा पाक्ने रोगको संक्रमण फैलिएसँगै नगरक्षेत्रका सबै संस्थागत विद्यालय बन्द गरिएको भद्रपुर नगर शिक्षा शाखाले जनाएको छ । आँखा पाक्ने रोग विद्यार्थीमा फैलिएको भन्दै संस्थागत विद्यालयका प्रधानाध्यापकहरुले बिहीबार नगरपालिकासँग बैठकबसी सोमवारसम्म बिदा दिने निर्णय गरेको छ । आँखा पाक्ने सङ्क्रमणबाट धेरै विद्यार्थी सङ्क्रमित भएपछि बिर्तामोड नगरक्षेत्रका विद्यालय आइतवार र सोमवार बन्द गर्ने नगरपालिकाले निर्णय गरेको जनाएको छ । सङ्क्रमण नभएका विद्यालयहरुको लागि बिदा गर्नैपर्ने बाध्यता नराखिएको शिक्षा शाखाका अधिकृत केशर खवासले बताउनुभयो । आँखा पाक्ने समस्या भएपछि संस्थागत विद्यालयका तर्फबाट नगर प्याव्सनले नगरपालिकासँग दुई दिन विद्यालय बन्द गर्न माग गरेको थियो । आँखा पाक्ने रोगका कारण बिर्तामोडका केही विद्यालयले आजदेखि नै पठनपाठन बन्द गरेका छन् ।

केहिदिनदेखि आँखा पाक्ने रोगका कारण झापाका अस्पतालमा आँखा पाकेका बिरामीको भीड बढेको स्थानीय अस्पतालले जनाएका छ । मेचीनगर, बिर्तामोड, भद्रपुर र दमक क्षेत्रका आँखा अस्पतालमा आँखा पाकेर उपचारका लागि आउने बिरामीको सङ्ख्या अत्यधिक छ । एउटै घरका धेरै व्यक्ति यो रोगबाट सङ्क्रमित भएको पाइएको छ । मेची आँखा अस्पताल बिर्तामोडका नेत्र सहायक पुष्प अधिकारीले दैनिक पाँच सय जति बिरामी आँखा पाकेको समस्या लिएर आउनेगरेको बताउनुभयो । बिर्तामोड आँखा अस्पतालका नेत्र सहायक विनोद दाहालले आफ्नो अस्पतालमा दैनिक आउने ६ सय बिरामीमध्ये तीनसय बिरामी आँखा पाक्ने समस्या लिएर उपचारका लागि धाउने गरेको बताउनुभयो । गोखा ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...