भारत स्थित पहिरोमा परेर सत्र जना नेपाली बेपत्ता

Published on

काठमाडौं । रोजगारीका लागि भारतको उत्तराखण्डको गौरीकुण्डमा रहेका १७ जना नेपालीसहित १९ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा जुम्लाका चन्द्र कामी, उहाँका छोरा लालबहादुर कामी, सुखरा रावत र उहाँका छोरा जोरा रावतलगायत सात जना, हुम्लाका १० र दुई जना भारतीय नागरिक रहेका छन्।

उत्तराखण्ड राज्यको गौरीकुण्डमा होटल सञ्चालन गर्दै आउनुभएका हुम्लाका वीरबहादुर होटलमा खाना खान लागेका बेला पहिरोले होटल नै बगाएको थियो। पहिरोमा होटल सञ्चालक वीरबहादुरसहित उहाँकी पत्नी सुमित्रा, छोरी निशा र छोरा हरिबहादुर पनि बेपत्ता हुनुभएको छ। पहिरोले बगाएको होटलमा खाना खान गएका धर्मराज बुढा र उहाँका छोरा मानबहादुर बुढा, अमर बोहरा, उहाँका छोराहरू मानबहादुर, पृथ्वी, जटिल र वकिल, पत्नी अनिता, छोरीद्वय राधिका र पिङ्की पनि बेपत्ता भएको जनाइएको छ। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद अधिकारीले पहिरोमा परी नेपाली नागरिक बेपत्ता भएको सूचना पाउनेबित्तिकै खोज तथा उद्धारका लागि भारत सरकार र त्यहाँको स्थानीय निकायसँग निरन्तर पहल भइरहेको जानकारी दिनुभयो।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पहिरोमा परेर बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि उत्तराखण्डको गौरीकुण्डको स्थानीय प्रशासनसँग निरन्तर सम्पर्कमा रही अधिकतम पहल गरिरहेको गृह प्रवक्ता भट्टराईले जानकारी दिनुभयो। यसै गरी घटनाको सूचनापछि खोज तथा उद्धारका लागि परराष्ट्र मन्त्रालयमार्फत भारतीय सरकारसमक्ष लिखित पत्राचारसमेत भइसकेको छ। भारतीय सञ्चार माध्यमले खोज तथा उद्धारमा उत्तराखण्ड प्रहरी परिचालन भएको र निरन्तरको वर्षाका कारण थप समस्या उत्पन्न भएको जनाएका छन्।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...