कुटनीतिक पहल असफल भए सैन्य हस्तक्षेपबाट नाइजेरियामा प्रजातन्त्र पुनः स्थापना गर्ने इकोवासबीच सहमति

Published on

इकोनोमिक कम्युनिटी अफ वेस्ट अफ्रिकन स्टेट्स (इकोवास) नाइजेरियामा प्रजातन्त्र पुनः स्थापनका लागि गरिएको कुटनीतिक पहल नमाने सैन्य हस्तक्षेप गर्ने सहमति भएको बताउनुभएको छ ।

पश्चिमी अफ्रिकी राज्यहरुको आर्थिक समुदाय (इकोवास) ले कुटनीतिक पहल असफल भएको खण्डमा अन्तिम उपायको रुपमा सैन्य बल स्ट्याण्डबाइ राख्न निर्देशन दिएको हो । यसको खुलासा इकोवासका राजनीतिक मामिला, शान्ति र सुरक्षा आयुक्त अब्देल फताउ मुसाहले गर्नुभएको हो । केही हप्ताअघि मात्रै नाइजरका निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमलाई अपदस्थगरी देशको शासन व्यवस्था आफूले सञ्चालन गर्ने घोषणा राष्ट्रपतिका सुरक्षा प्रमुख जनरल अब्दुरहमान टियानीले गर्नुभएको थियो ।

घानाको राजधानी अक्रामा इकोवास रक्षा प्रमुखहरुको दुई दिने बैठकपछि आयोजित पत्रकार सम्मेलनमा यस्तो टिप्पणी गर्नुभयो । मुसाहले सबै आवश्यक तयारी पूरा भइसकेको र रक्षा प्रमुखहरुले थप निर्देशनका लागि उपक्षेत्रीय स्तरका नेताहरुलाई आफ्नो प्रतिवेदन पेस गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले हस्तक्षेपका लागि आवश्यक तयारी गर्ने कुरामा पहिला नै सहमति जनाइसकेका छौँ । आदेश दिनासाथ जुनसुकै बेलामा हामी नइजर जान तयार छौँ । यो दोस्रो पटकको बैठक हो र हाम्रा राष्ट्राध्यक्षहरु र प्रश्तुत प्रतिवेदनप्रति सरकार सन्तुष्ट छ । हाम्रा सेनता तयार छन् ।’ 

उहाँले संकटलाई शान्तिपूर्ण रुपमा समाधान गर्न अझै छलफलको वातावरण कायम रहेको बताउनु भयो । उहाँले अपदस्थ राष्ट्रपति मोहम्मद बाजुम र उहाँको परिवार अझै नाइजेरियाको हिसासतमा रहेको भन्दै बिना शर्त रिहा गर्न आग्रह गर्नुभयो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

उपहार खबरबाट साभार

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...