उच्चस्तरीय आयोग सम्बन्धमा सहमति भयो प्रमुख : सचेतक लेखक

Published on

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् प्रमुख सचेतक रमेश लेखकले उच्चस्तरीय आयोग गठनको सम्बन्धमा सहमति भएको बताउनुभएको छ । उहाँले सोमबार राति अबेरसम्म शीर्ष नेताबीच प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को माग अनुसार सहमति भएको बताउनुभयो । राष्ट्रिय दल मान्यता प्राप्त दलहरूको मङ्गलबार दिउँसो सिंहदरबारमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले भन्नुभयो, “सङ्घीय संसदमा उपस्थित सबै राष्ट्रिय मान्यता प्राप्त नेताहरू बसेर राति अबेरसम्म छलफल भयो । एउटा मोटो सहमतिमा पुगेको स्थिति हो ।” शीर्ष नेताबीच दस्ताबेजको अन्तिम सहमति हुने र भोलि (बुधबार) बिहान ११ बजे पुनः बैठक बस्ने उहाँले बताउनुभयो । उक्त दस्ताबेजमा सीआईबीको छानबिनलाई निरन्तर दिने, निष्पक्ष र स्वतन्त्र ढङ्गले छानबिन गरेर तस्करीमा संलग्न भएकालाई निष्कर्षमा पु¥याउने, पटक–पटक हुने सुन तस्करी चिन्ताजनक विषय भएकोले कानुन परिमार्जन, सङ्गठनात्मक सुधार लगायतका विषयको अध्ययन गरी सरकार समक्ष प्रतिवेदन प्रस्तुत गर्ने उहाँले बताउनुभयो ।

प्रमुख सचेतक लेखकले जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम आयोग गठन गर्ने र उक्त आयोगले कार्य प्रारम्भ गर्ने सहमति भएको पनि बताउनुभयो । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले रमेश लेखक, हितराज पाण्डे, सुवासचन्द्र नेम्वाङको कार्यदललाई दिइएको जिम्मेवारी पुरा भएको जानकारी दिनुभयो । गिरीले भन्नुभयो, “शीर्ष नेताबीचमा राखेर टुङ्ग्याउने कुरा भएको छ । आज ४ बजे सम्माननीय प्रधानन्यायाधीश शपथ ग्रहण छ, प्रधानमन्त्री पनि जानुपर्ने, सभामुख पनि जानुपर्ने । अर्को कुरा अध्यक्षज्यूलाई सामान्य ज्वरो आएकोले अस्वस्थ भएकोले औषधि खाइरहेको छु भन्नुभएको छ ।”

उहाँले उच्चस्तरीय आयोगको कुरा टुङ्गिएपछि कसको नेतृत्वमा बनाउने र को–को सदस्य रहने विषयमा छलफल अघि बढ्ने बताउनुभयो ।

ताजा समाचार

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...

अमिर खान फसे २४ घन्टासम्म चक्राबत मिचुआङमा, रेस्क्यु टाेलीले गर्याे उद्दार

मुम्बइ, २० मंशिर । चक्रवात मिचुआङले चेन्नईमा ठूलो क्षति पुर्याएको छ । यतिबेला सिंगो...