सम्झनामा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंह

Published on

हेमबाबु लेखक, महेन्द्रनगर १९ औँ पुस्तामा बझाङ दरबारमा विक्रमबहादुर सिंहले राजाका रुपमा शासन सम्हालेका थिए । उनले राणा प्रधानमन्त्री जङ्गबहादुरकी दुई छोरी सहित चारवटा विवाह गरेका थिए । जङ्गबहादुरकी दुवै छोरीहरु रुद्रकुमारी र मेघकुमारीलाई एउटै यज्ञमा विवाह गरेका थिए उनले । चारै महारानीबाट राजा विक्रमबहादुर सिंहका १४ जना सन्तान जन्मेका थिए । जेठी महारानी रुद्रकुमारीदेवीबाट पहिलो सन्तानका रुपमा वि।सं। १९३४ साल भदौ ७ गतेका दिन जयपृथ्वीबहादुर सिंह जन्मे र बझाङी राज्यका उत्तराधिकारी बने । राजा विक्रमबहादुर सिंहकी जेठी महारानी रुद्रकुमारी दया, स्नेह, करुणा भरिएकी परोपकारी स्वभावकी र न्यायनिसाफमा समेत निकै निपुण भएको कारणले बझाङी जनतामाझ निकै लोकप्रिय थिइन् । बझाङ राजदरबारमा उनको अत्यन्तै प्रभावशाली भूमिका थियो। जेठी महारानीको राज्यकौशल, न्यायिक निपुणताबाट बढिरहेको लोकप्रियता सम्बन्धमा केही भारदारहरुले राजा विक्रमबहादुरलाई नकारात्मक एवं गलत अपवाह जाहेर गरेर राजारानीको सम्बन्मै तिक्तता आउन पुग्यो र जेठी महारानी रुद्रकुमारी आफ्ना ८ वर्षे बालक छोरा जयपृथ्वीबहादुरलाई लिएर माइतीघर काठमाण्डु गइन् । भनिन्छ,( भारदारहरुको चुक्लीका कारण बाआमाको सम्बन्धमा खटपट भएपछि आठ वर्षको उमेरमा जयपृथ्वीबहादुर आमासितै काठमाडौं जाँदा बझाङी जनताहरु रोएका थिए । त्यो विछोडको विह्वलता र बझाङी जनताको अपार आस्था र श्रद्धालाई उनकी आमा जेठी महारानी रुद्रकुमारीको जनप्रिय ब्यक्तित्वको नमूना मान्न सकिन्छ । त्यतिबेला उनले ूम केही समय पढाइका लागि मात्रै जादैछु, फेरि फर्केर यहीँ आउछु, तपाईंहरु सबै मिलेर बस्नुहोलाू भनेर सम्झाएका थिए भन्ने जनस्रुति अद्यापि बझाङमा सुनिने गर्दछ । आफ्नी जेठी महारानीले राज्यको उत्तराधिकारी छोरासहित माइती गएपछि राजा विक्रमबहादुरले भारतको पिथौरागढबाट ठकुरीकी छोरी भित्र्याएका थिए । उनको सो कार्यबाट माइतीमा रहेकी जेठी महारानी रुद्रकुमारी अत्यन्तै क्षुब्ध भइन्। उनले प्रधानमन्त्री वीरशमशेर राणालाई राजा विक्रमबहादुरको सबै वृत्तान्त जाहेर गरिन् । आफ्नी खलककी चेलीमाथि सौता हालेको आक्रोशमा वीर शमशेरले पनि विक्रमबहादुर सिंहलाई बझाङी राजसिंहासनबाट च्यूत गराई जयपृथ्वीबहादुरलाई राज्यारोहण गराएका थिए । कोमल हृदय, उदार व्यवहार, मानवतावादी चिन्तनका राजा जयपृथ्वीले शिक्षालाई आफ्नो प्रमुख महत्वको कार्य बनाई तदनुरुप कार्य गरेका थिए । त्यहीक्रममा उनले बझाङबाट आठजना विद्यार्थी काठमाडौंमा पढ्न पठाए । सामान्य शिक्षा आर्जन गरेपछि ती आठैजना बझाङका विभिन्न अड्डा, स्वास्थ्य र शिक्षण संस्थामा जागिरे भए। फेरि उनले त्यहाँका केही नागरिकहरुलाई भारतको अल्मोडा पढ्न पठाए र काठमाडौंको नक्सालस्थित आफ्नै निवासमा सत्यवादी पाठशाला पनि खोले । केही समयपछि उनले काठमाडौंको सत्यवादी प्राथमिक पाठशाला बझाङमा सारे । बझाङमा पहिलोपटक खुलेको त्यो विद्यालय नै थियो। त्यसअघि पारम्परिक गुरुशिष्य पढाइ नै प्रचलनमा रहेको थियो । जयपृथ्वीले शैक्षिक उन्नतिका लागि विभिन्न जुक्ति लगाए । देशभर राणाहरुको हुकुमत चल्ने भएकोले सर्वप्रथम राणाहरुबाटै पवित्र सामाजिक कार्यहरुमा अग्रसरता गराउने ध्येयले जयपृथ्वीबहार सिंह कुटनैतिक चातुर्यतापूर्वक देवशमशेरलाई स्कुल खोल्नुपर्छ र नेपाली भाषामा शिक्षा दिनुपर्छ भनेर सम्झाउन सफल भए । यसलाई उनको महत्त्वपूर्ण ऐतिहासिक सफलता मान्नुपर्छ । उनले विभिन्न पाठ्यपुस्तक पनि लेखे। त्यसबेला विद्यार्थीहरुलाई उनले लेखेको ‘अक्षरांक शिक्षा’ पढाइन्थ्यो । त्यसपछि उनका अन्य पुस्तक समेत प्रकाशित भए । अक्षरांक शिक्षा, अक्षरमाला, ब्यबहारमाला, भूगोल, शिक्षा दर्पण, श्रेस्ताबोध, पदार्थ तत्व बिबेक, प्राकृत ब्याकरण, शप्तश्लोकी रामायण, गंगा लहरी लगायत उनका करिब डेढ दर्जन पुस्तक प्रकाशित छन् । जयपृथ्वीले राजा भएपछि पनि पढाइलाई निरन्तरता दिइरहे । उनको पढाइ काठमाडौंको दरबार हाई स्कुलमा भयो । उनले भारतको कलकत्ताबाट म्याट्रिक र भारतकै प्रयागबाट आईए पास गरे ९कुनै कुनै विद्वानले पूरा गरेनन् भनेर पनि लेखेका छन्० । जयपृथ्वीको १७ वर्षको उमेरमा राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरकी १४ वर्षीया छोरी खगेश्वरीदेवीसँग विवाह भएको थियोे । जयपृथ्वी पढ्न, लेख्न, बोल्न, गाउन, नाच्न, र घोडसवारका सौखिन थिए। भनिन्छ,(उनले आफूले मात्र चढ्न ४० वटा घोडा पालेका थिए। उनी देशविदेश जहाँ पनि पुग्थे त्यहाँ मानवता र शिक्षाका कुरा गर्दथे र कहिलेकाहीं घोडा पनि लिएर फर्कन्थे।जयपृथ्वीले बझाङमा आर्थिक सुधारका नाउँमा भूमिसुधार लागू गरि वैज्ञानिक ढङ्गबाट नापीको व्यवस्था पनि गरे । जयपृथ्वी धर्म औषधालय त्यस भेकको पहिलो औषधालय थियो । उनले त्यहा कलकत्ताबाट चिकित्सक ल्याएका थिए । उनले काठमाडौंबाट त्यहा धोबी मगाएर राखेका थिए । जयपृथ्वी २५ वर्षका हुदा प्रधानमन्त्री चन्द्रशमशेरले उनलाई कलकात्तामा वकील बनाएर पठाए । त्यसपछि तीन वर्ष कलकत्तामै बसेर अङ्ग्रेजी विषयमा विशेष ज्ञान हासिल गरे । तर नेपालमा नेपाली भाषाकै किताब छापेर प्रचार गर्ने उद्देश्यले उनी नेपाल फर्किए । नेपाल फर्किदा उनले पाठ्यक्रम र अन्य पुस्तक समेत छाप्न सजिलो होस् भनेर हाते प्रेसपनि सँगै किनेर ल्याएका थिए । त्यसपछि प्रधानमन्त्री चन्द्रशमशेरले जयपृथ्वीलाई गोरखापत्रको सम्पादक नियुक्त गरी सम्पादनसहित गोरखापत्रको सम्पूर्ण आम्दानी पनि सिंहले नै खाने लिखत गरिदिएका थिए।

जयपृथ्वीले सरकारी भारदारी अड्डामा पनि काम गरे । विसं १९६५ सालमा प्रधानमन्त्री चन्द्रशमशेरसँगै उनी बेलायत भ्रमणमा गए । बेलायतमा त्यहाँका राजाबाट उनले कर्नेलको दर्जा प्राप्त गरेका थिए । अमेरिका र रुसको भ्रमण गर्ने पहिलो नेपाली समेत जयपृथ्वी नै हुन् । उनले मानवतावा र शिक्षाको विकासका निमित्त अभियान नै सञ्चालन गर्ने उद्देश्यले संस्थागत रुपमै अघि बढ्ने अभियान थालेका थिए । त्यही क्रममा उनी विश्वका धेरै देशहरुमा शान्ति, मानवता र भ्रातृत्वको सन्देश दिदै हिडेका थिए । सोहि अभियानका क्रममा जयपृथ्वीले विश्वभ्रमण गरे ।
अभियानकै क्रममा नक्कली भिसा लिएर जापान पुग्दा उनी पक्राउ पनि परेको पनि देखिन आउँछ । उनी जुनजुन देशमा जान्थे मानवतावादी भाषण गर्थे । पछि उनकै अभिभावकत्वमा एसियाका विभिन्न देशमा मानवतावादी संघरसंस्थाहरू खुले । उनले मानवतावादी पुस्तकहरू प्रकाशित गरेर विश्व एकता र मानवतावादको प्रचारप्रसारमा व्यापकता ल्याए । संयुक्त राष्ट्रसंघ स्थापना हुनुमा समेत यिनकै प्रेरणादायी प्रभाव रहेको थियो । यद्यपि, उनको यो प्रेरणालाई व्यापक प्रचारप्रसार गर्न सकिएको छैन, जुनकुरा हामी नेपालीको लागि अत्यन्तै दुखद विषय हो ।
गोरखापत्रको सम्पादक नियुक्त भएपछि उनले राष्ट्रियता र जागरणका पक्षमा महत्त्वपूर्ण गतिविधि सञ्चालन गरे । उनको त्यही प्रगतिशील कार्यबाट डराएर राणा प्रधानमन्त्री चन्द्रशमशेरले रूपमा गोरखापत्रको प्रकाशन नै बन्द गराईदिएका थिए । गोरखापत्र बन्द भएपछि जयपृथ्वी भारत प्रवासमा बस्न थाले । केही समयपश्चात चन्द्रशमशेरको डरले जयपृथ्वी भारतबाट पनि भागेर बेलायत पुगे । कसैले चिन्न नसकुन भनेर उनी प्रवासमा रहेका बखत बर्मेली लुगा लगाउने गर्दथे । जयपृथ्वी भागेर प्रवासमा र त्यहाँबाट पनि बेलायत गई बसेको खबर चन्द्रशशमेरले थाहा पाउनासाथ जयपृथ्वीलाई पक्रेर ल्याउनेलाई ५ हजार रुपैयाँ पुरस्कार घोषणा गरे । चन्द्रशमशेरको उक्त घोषणाले जयपृथ्वीबहादुरका प्रगतिशील कार्यबाट राणा सरकार कत्ति अत्तालिएको भन्ने यथार्थ सहजै अनुमान लगाउन सकिन्छ । उनलाई पक्रने हरेक प्रयास असफल भएपछि बझाङी राजाका हैसियतमा राज्यले उनलाई उपलब्ध गराउदै आएको सेवासुविधा सहित भत्ता समेत बन्द गराएर जयपृथ्वी र उनकी महारानी९चन्द्रशमशेरकी छोरी०को सम्बन्ध टुटाई चन्द्र शमशेरले छोरीलाई तत्कालीन अवस्थामा वार्षिक आठ हजार९कम्पनी रुपैयाँ० भत्ता व्यवस्था गरेर ज्वाईंबाट अलग गराएका थिए । त्यसले समेत कुनै पार नलाग्ने देखेर अत्यन्तै क्रुद्ध भएका राणाहरुले जयपृथ्वीको जात च्युत गरी पानी छाड्ने फरमान जारी गरे । यति विघ्न जालझेल सहन गरि जयपृथ्वी अन्ततः आफ्ना ससुरा श्री ३ चन्द्रको देहावसान पछि मात्रै स्वदेश फर्केका थिए । साँस्कारिक रुपमा जयपृथ्वी सभ्य, शिष्ट, अनुशासित, मर्यादित एवं प्रष्ट स्वभावका थिए । उनी आफ्ना मातापिताको अत्यन्तै श्रद्धा गर्दथे । जयपृथ्वीले आफ्नो जीवनको ४० वर्षको उमेरमा राजगद्दी छाडेर राणाहरुले बर्खास्त गरेका आफ्ना पितालाई पुनस् राज्यारोहण गराउनुलाई उनको पितृभक्ति र असल पुत्रको कर्तव्यका रुपमा ग्रहण गर्न सकिन्छ । ६ वर्ष सिंहासनमा बसेपछि उनका बुबा स्वर्गीय भए । राजपरम्परा निरणवहन गर्न जयपृथ्वी पुनस् राजगद्दीमा त बसे, तर उनलाई राजा भएर बस्न मन लागेन र केही समयपछि उनी आफ्ना भाइ देवीजङ्गबहादुर सिंहलाई राज्यारोहण गराई ४८ वर्षको उमेरमा भारततिर लागे । समग्रमा हिन्दु समाजका लागि जयपृथ्वी महामानव थिए । शिक्षा, मानवता र विश्व वन्धुत्वताको विश्वव्यापी जागरण गरिरहँदा, तत्कालीन इष्ट इण्डिया कम्पनी सरकारले राजबन्दी बनाएर राखेको अवस्थामै ६४ वर्षको आयुमा वि।सं। १९९७ साल असोज १ गते भारतको बैंगलोरमा उनले भौतिक शरीर त्याग गरे । उनको निधनपछि युरोप, अमेरिका र अन्य महादेशका कतिपय विद्वानहरुले जयपृथ्वीको निधनमा एशियाले दोस्रो गौतम बुद्ध जन्माएको तर्क गरेका थिए । राजपरिवारमा जन्म भएतापनि मानवताबादी व्यक्तिका रुपमा नेपालभित्र मात्रै नभई नेपाल बाहिर पनि उनको ओजिलो व्यक्तित्वले सगरमाथा छोएको छ । मानवतावाद र वसुधैव कुटुम्बकम्को विश्वव्यापी जागरण मार्फत सारा दुनियाँलाई र नेपाली भाषा, साहित्य, पत्रकारिता, शिक्षा, स्वाथ्यका क्षेत्रमा पुर्‍याएको योगदानले राजा जयपृथ्वीबहादुर सिंहको बिराट व्यक्तित्व र कृतित्व सदैव जीवन्त रहिरहनेछ ।

ताजा समाचार

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...

अमिर खान फसे २४ घन्टासम्म चक्राबत मिचुआङमा, रेस्क्यु टाेलीले गर्याे उद्दार

मुम्बइ, २० मंशिर । चक्रवात मिचुआङले चेन्नईमा ठूलो क्षति पुर्याएको छ । यतिबेला सिंगो...