सामाजिक सद्भाव बिगार्न खोज्नेसँग सतर्क हुनुपर्छ : उपप्रधानमन्त्री खड्का

Published on

काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले देशमा केही समययता विभिन्न नाम र बहानामा मिलेर बसेको नेपाली समाजको सामाजिक सद्भाव खल्बल्याउने गलत प्रवृत्ति देखापरेको भन्दै यस्तो प्रवृत्तिबाट सबै नेपाली सचेत रहनुपर्ने बताउनुभएको छ । चाँगुनारायण नगरपालिका–५ को नवनिर्मित वडा कार्यालय भवन र स्वास्थ्य चौकी भवनको आज उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री खड्काले देशमा कुनै पनि बाहनामा साम्प्रदायिक द्वन्द्व भड्काउन खोज्ने तत्व प्रति आमनागरिक, तिनै तहका सरकार र सबै राजनीतिक शक्तिहरु सचेत हुनुपर्ने बेला आएको बताउनुभयो ।

सदयौँदेखि देशमा विभिन्न भूगोल, ठाउँ र समाजमा मिश्रित रुपमा धेरै जातजाति, भाषाभाषी, वर्ग, धर्म, सांस्कृतिक परम्परा सबै एकतामा बाँधिदै आएको बताउनुहुँदै उहाँले यस्तो एकता खलबल्याउने, समाज भाँड्ने काम कहींकतैबाट हुनु नहुनेमा जोड दिनुभयो । “देशमा सबै जातजाति, भाषाभाषी, कला, संस्कृति, धर्म, भूगोल, सबै नेपालीबीच सदियौँदेखि एकताबद्ध भएर आएको देश हो यो, यहाँ कुनै जातजाती, भाषा, धर्म, संस्कृति, वर्गको नाममा द्वन्द्व छैन,” उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “यो वा त्यो बाहनामा कसैले जातीय, साम्प्रदायिक द्वन्द्वको सिर्जनालाई प्रश्रय दिने काम भइरहेको छ, त्यसतर्फ सबै सचेत भएर एकताको बलमा देशको सार्वभौमिकता, अखण्डतालाई कायमै राख्दै जनताको विकासको आकाङ्क्षालाई पूरा गर्न एक भएर लाग्नुपर्छ ।”

सङ्घ, प्रदेश र स्थानीय तहको सरकार मिलेर राष्ट्रिय एकतालाई कायम राख्दै विकासको अभियानलाई पूरा गर्न सरकार, जनप्रतिनिधि र जनता एकताबद्ध भएर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । विकासका लागि विभिन्न तहका सरकारबाट बजेटको समन्वय गरेर आवश्यकताको पहिचान गरी एउटै आयोजनामा दोहोरो बजेट नपर्ने गरी व्यवस्थित रुपमा विकासका योजना अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । जनप्रतिनिधिलाई कुनै पनि किसिमको लोभबाट मुक्त हुन निर्देशन दिनुहुँदै उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “तपाईंहरु सबै लोभ र मोहबाट मुक्त हुनुहोस्, लोभ र मोहबाट मुक्त हुन सके डर मुक्त हुन्छ, भय मुक्त हुन्छ, अनि त्यसबाट ताकत आएँ छ तब देशमा भ्रष्टाचार नियन्त्रण हुन्छ र सुशासन आउँछ हो, त्यही अभियानमा हिँड्नुपर्छ ।”

देशको अर्थतन्त्र अहिले ऋणात्मक अवस्थामा रहेको र सरकारले चाहेको जति बजेट छुट्याउन सक्ने अवस्था नहरेको भन्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बजेट सुधारका लागि लागिरहनुभएको र सरकारले आर्थिक उन्नतिको विकासमा लागेकाले यो समस्या धेरै नरहने बताउनुभयो । उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “जनताको ७० वर्षदेखिको त्याग र बलिदानबाट आजको उपलब्धी हासिल गर्दै जनताकै मतबाट निर्वाचित भएर आएका हौँ, जनताको मौलिक हक, अधिकार, विकासका लागि समीक्षा गर्दै संविधानको कार्यान्वयनसँगै जनताबाटै चुनिएर सरकार, संसदमा, प्रदेशमा र स्थानीय तहमा आएको हौ भन्ने हेक्का सधैँ राख्न जरुरी छ ।” उहाँले छालिङ जाने सडकको विस्तारदेखि स्मार्ट सिटीको निर्णय नहुँदा जनताको परेको समस्याका बारेमा सम्बन्धित निकायसँग छलफल गरी समस्याको निकास निकाल्न पहल गर्ने बताउनुभयो ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...