एसिया कप क्रिकेट : नेपालले भोलि एकदिवसीय वरीयतामा शीर्ष टोली पाकिस्तानसँग खेल्दै

Published on

काठमाडौँ – पहिलो पटक एसिया कप क्रिकेट खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले भोलि पाकिस्तानको मुल्तानमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ ।

तीस हजार दर्शक क्षमताको मैदानमा भोलि बुधवार एसिया कपको पहिलो खेल हुनेछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरीयताको नम्बर वान टोलीसँग खेल्न लागेको हो । प्रतियोगिताका लागि पाकिस्तान पुगेको नेपाली टोली कराँचीमा एक हप्ता प्रशिक्षण र एक अभ्यास खेल खेलेपछि मुल्तान पुगेको हो ।

पाकिस्तान आईसीसी एकदिवसीय वरीयतामा शीर्ष स्थानमा छ । नेपालले भदौ १८ मा भारतसँग श्रीलङ्कामा खेल्नेछ । भारत एकदिवसीय वरीयतामा तेस्रो स्थानमा छ । नेपाल भने वरीयतामा १५औँ स्थानमा छ । भोलिदेखि शुरु हुने एसिया कप यही ३१ गतेसम्म पाकिस्तान र श्रीलङ्कामा हुनेछ ।

भारतले सुरक्षाको कारण देखाएर पाकिस्तान जान नमानेपछि पाकिस्तानमा ४ खेल र अरु खेल श्रीलङ्कामा हुनेछन् । समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बङ्लादेश, श्रीलङ्का र अफगानिस्तान छन् । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार भोलि दिउँसो सवा ३ बजे मुल्तान रङ्गशालामा हुनेछ । यो खेलपछि नेपाली टोली श्रीलङ्का जानेछ ।

नेपाल र भारतबीचको खेल भदौ १८ मा श्रीलङ्काको कान्डीमा हुनेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ मा नै हुनेछ । नेपालले गएको वैशाखमा घरेलु मैदान कीर्तिपुरमा एसीसी प्रिमियर कपको उपाधि जित्दै पहिलो पटक एसिया कप खेल्न लागेको हो । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न लागेको हो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...