नेशनल प्याबसन महानगरमा चुनावको घम्साघम्सी

Published on

काठमाडाैं – नेशनल प्याबसन महानगर समितिको अधिवेशन आज (भदौ १६) हुने भएको छ । तर चुनामा केन्द्रमा समेत प्रभाव पार्दै आएको दुई धार यहाँ पनि देखिएको छ । जसमा विजय खरेल पुरानो धारका उम्मेदवार हुन उनी त्रिभुवन विश्वविद्यालयका रात्रिकाली स्थायी प्राध्यापक तथा शिक्षा क्षेत्रका पुराना हस्ती र युनिभर्सलका संस्थापक हुन भने अर्का उम्मेदवार नवराज पाण्डे हुन् । उनी अहिलेको नयाँ ढंगबाट युवा नेतृत्व आउनुपर्छ भन्दै आफुले संगठन र शिक्षामा अव पुरानो हैन नयाँ एडभान्स तरिकाको शिक्षा संगठनलाई मजबुद र दरिलो ढंगले अघि बढाउनुपर्छ भनि लागेका छन् । अहिलेको शिक्षामा देखिएको समस्याहरुलाई समाधान गर्नको लागि लागिपरेको बताउछन् ।


राजनीतिक फोरम रकुनै पनि नीजि संघ संस्थामा कार्यकारी प्रमुख पदमा उम्मेदवारी दिने तथा नीजि लगानी गरि नेतृत्वमा जान नमिल्ने त्रिविको आचार संहिता विपरित महानगरको अध्यक्षको उम्मेदवारी दिन लाग्नुभएको छ । उहाँ हाल सरस्वती क्याम्पस लैनचौरमा अंग्रेजी विषय प्राध्यापन गरिरहेका छन् । त्यसो त खरेल आफु नेपाल सरकारको उपप्राध्यापक भएर पनि धुम्बराही स्थित युनिभर्सल सेकेण्डरी स्कुलका संञ्चालक प्रिन्सिपलको रुपमा कार्यरत छन् जुन कुरा कानुन विपरित र त्रिविको आचार संहिता विपरित राजनीतिक र सांगठनिक गतिविधिमा संलग्न रहेका कारण अधिवेशन नजिकिदैँ गर्दा विवादमा तानिएका छन् । यस विषयमा अन्य प्रतिनिधिहरुले प्रष्ट छानविन हुन आवाज उठाउदैँ आएका छन् ।


निजी लगानीमा संचालन भएका विद्यालयहरुको छाता संगठन नेशनल प्याबसनमा केन्द्रदेखिएको यो दुई धार भएर संगठन कमजोर गभएको भन्दै केही समिति सदस्यहरूको भनाइ यस्तो छ “हामिकुनै पनि अवस्थामा चुनाव हुन दिदनौँ किन भने चुनाव भएर कोहि बाहिरिन्छ भने बाँकि रहेकाहरुले मात्रै संगठन चलाउदा पूर्ण सहयोग नहुने भएका कारण संगठन कमजोर हुन्छ र नवराज पाण्डे उनी युवा छन र केहि गर्छुभन्दा हामिले छाड्नुपनि पर्छ र विजय खरेलको कुरामा उहाँ त्रिविको स्थायी लेक्चर भएको कारण भोलि उजुर बाजुर हुदा संगठनलाई हेर्न अप्ठेरो पर्ने भएकाले यस्तो बेथिती हुन दिन्न” ।

ताजा समाचार

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...

अर्थतन्त्रलाई गतिशील बनाउन लचिलो र सहज मौद्रिक नीति

काठमाडौं । राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउने भन्दै लचिलो र सहज मौद्रिक नीति ल्याएको...

‘नयाँ पुस्तालाई नेतृत्व दिँदा राष्ट्र एकजुट हुनेछ’

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविस्मरणीय रहने...

नगरप्रमुख नकर्मीको अन्त्येष्टि

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको...