भारतसँग हार्दा पनि प्रशंसा पाएको नेपाल

Published on

काठमाडौं । एसिया कप अन्तर्गत सोमबार भएको भारतसँगको ऐतिहासिक क्रिकेट खेलमा नेपालको जित अपेक्षा गरिएको थिएन । नेपाल डकवर्थ लुइसको नियम अनुसार भारतसँग दस विकेटले पराजित पनि भयो । तर नेपालले विश्वको महाशक्ति टिम भारतविरुद्धको पहिलो खेलमा नै साहसिक ब्याटिङ प्रदर्शन गरेर विश्व व्रिmकेटमा आफ्नो छवि उच्च पारेको छ ।

भारतीय कप्तान रोहित शर्माले टस जितेपछि आफ्ना बलरहरूलाई अभ्यास हुने भन्दै नेपाललाई ब्याटिङका लागि निमन्त्रणा दिनुभयो । नेपालले पहिले ब्याटिङ गरेर ४८।१ ओभरमा २३० रन बनायो । जुन श्रीलङ्काको पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानको पिचमा चुनौतीपूर्ण लक्ष्य थियो । भारतले जवाफमा २।१ ओभरमा बिना विकेटको क्षतिमा १७ रन बनाउँदा वर्षाले खेल रोकियो । त्यसपछि भारतले डकवर्थ लुइसको नियम अनुसार २३ ओभरमा १४५ रन बनाउनुपर्ने संशोधित लक्ष्य पाएको थियो । भारतले २०।१ ओभरमा बिना विकेटको क्षतिमा १४७ रन बनाएर लक्ष्य हासिल ग-यो ।

यस नतिजाले भारतलाई समूह ए उपविजेताको हैसियतमा सुपर फोरमा पु(यायो भने नेपाल घर फर्कने भएको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग हारेको थियो । भारत र पाकिस्तान बिचको खेल पनि वर्षाले रद्द भएपछि दुवै टिमले अङ्क बाँडेका थिए । भारतीय कप्तान रोहितले ५९ बलमा छ चौका र पाँच छक्कासहित अविजत ७४ रन बनाउनुभयो । गिल पनि ६२ बलमा ६७ रन बनाएर आउट हुनुभएन । उहाँको पालिमा आठ चौका र एक छक्का सामेल थियो । पानीले भिजेको मैदानमा बललाई ‘ग्रिप’ गर्न गाह्रो हुने भएकाले पनि नेपाली बलरहरूलाई बेफाइदा भएको थियो । जसको फाइदा रोहित र गिलले उठाउनुभएको हो ।

नेपालको उल्लेखनीय ब्याटिङ

पहिलो खेलमा पाकिस्तानविरुद्ध कमजोर ब्याटिङ गरेको नेपाल अर्को विश्वस्तरीय बलिङ आव्रmमणमा धराशायी हुने संशय थियो । तर नेपाली ब्याट्सम्यानहरूले भारतको तेज र स्पिन बलिङ आव्रmमणमा प्रशंसालायक ब्याटिङ गरे ।

पहिलो पावर प्लेमा भारतविरुद्ध नेपाल नै हाबी थियो । नेपालले दस ओभरमा एक विकेटको क्षतिमा ६५ रन बनाएर पहिलो पावर प्ले सकायो । पहिलो पावर प्लेको अन्तिम ओभरमा प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल शार्दूल ठाकुरको बलिङमा विकेटकिपर इशान किशनद्वारा क्याच आउट हुनुभयो । यद्यपि भुर्तेलले आउट हुनुअघि २५ बलमा ३८ रनको विस्फोटक पालि खेलेर सबैको मन जित्नुभयो । उहाँको पालिमा तीन चौका र दुई छक्का सामेल थियो ।

यस पालिको दौरान भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रिय व्रिmकेटमा एक हजार रन पूरा गर्नुभएको छ । भुर्तेलको एकदिवसीय अन्तर्राष्ट्रिय रन १०३२ मा पुगेको छ । नेपालका लागि एक हजार रनको कोसेढुङ्गामा छुने भुर्तेल रोहित पौडेल र आसिफ सेखपछि तेस्रो ब्याट्सम्यान हुनुहुन्छ । अर्का प्रारम्भिक ब्याट्सम्यान आसिफ सेखको ब्याटिङ पनि उत्तिकै सम्झन लायक रह्यो । आसिफ ९७ बल खेलेर आठ चौकासहित सर्वाधिक ५८ रन बनाएपछि मोहम्मद सिराजको बलिङमा विराट कोहलीद्वारा क्याच आउट हुनुभयो । यद्यपि भारतविरुद्ध बनाएको रन आसिफको अन्तर्राष्ट्रिय एकदिवसीय व्रिmकेटमा दशौँ अर्धशतक भएको छ ।

यसअघि कोहलीले नै आसिफलाई एक रनमा जीवनदान दिनुभएको थियो । सो बेला अभाग्यशाली बलर सिराज नै हुनुहुन्थ्यो । आसिफ मात्र होइन भुर्तेलले पनि भारतीय टिमको खराब फिल्डिङको भरपुर फाइदा उठाउनुभएको हो । मोहम्मद सामीको पहिलो ओभरमा अन्तिम बलमा भुर्तेलको क्याच पहिलो स्लिपमा श्रेयर एयरले छोड्नुभएको थियो । दोस्रो ओभरको पहिलो बलमा आसिफ सेखलाई विराट कोहलीले जीवनदान दिनुभयो । सो समय मोहम्मद सिराज अभागी बलर हुनुहुन्थ्यो । यसै गरी पाँचौँ ओभरमा भुर्तेललाई भारतीय विकेटकिपर इशान किशनले जीवनदान दिनुभएको थियो ।

आसिफ आउट हुनुअघि नेपालले भीम सार्की, कप्तान रोहित पौडेल र कुशल मल्ललाई फटाफट गुमाएको थियो । स्पिनर रवीन्द्र जडेजाले सङ्कटमा रहेको भारतलाई खेलमा फर्काउनुभएको थियो । जडेजाले भीम ९७ रन०, रोहित ९५० र कुशल ९२० लाई आउट गरेर नेपालको मध्यक्रम धराशायी पार्नुभएको हो । तर नेपाली ब्याट्सम्यानले पाकिस्तानविरुद्धको खेलमा जस्तो हिम्मत हारेनन् । नेपाली ब्याट्सम्यानको मनोवृत्ति सुरुदेखि अन्तसम्म निकै सकारात्मक रह्यो । विकेट लगातार निस्किए पनि सट खेल्न छोडेनन् । अलराउन्डरहरू सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले १४४ रनमै छ विकेट गुमाएको नेपालको पालिलाई सम्मानजनक स्कोरसम्म पु¥याउनुभयो । सोमपाल दुई रनले अर्धशतक बनाउनबाट चुक्नुभयो । सोमपाल ४८ रनमा छँदा तेज बलर मोहम्मद सामीको सिकार बन्नुभयो । उहाँको पालिमा एक चौका र दुई छक्का सामेल थियो ।

दीपेन्द्रले भारतका उपकप्तान हार्दिक पान्ड्याको बलिङमा एलबिडब्ल्यू आउट हुनुअघि २५ बलमा तीन चौकासहित २९ रनको महìवपूर्ण पालि खेल्नुभयो । १७ वर्षीय गुल्सनले पनि २३ रनको उपयोगी पालि खेल्नुभयो । गोरखापत्र ।

ताजा समाचार

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...

अर्थतन्त्रलाई गतिशील बनाउन लचिलो र सहज मौद्रिक नीति

काठमाडौं । राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउने भन्दै लचिलो र सहज मौद्रिक नीति ल्याएको...

‘नयाँ पुस्तालाई नेतृत्व दिँदा राष्ट्र एकजुट हुनेछ’

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविस्मरणीय रहने...

नगरप्रमुख नकर्मीको अन्त्येष्टि

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको...