कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त

Published on

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त हुनुभएको छ । बिहीबार सर्वोच्च अदालतले उहाँलाई पदमुक्त गर्दै ४८ घण्टाभित्र नयाँ सरकार बनाउन प्रदेश प्रमुखलाई सर्वोच्च अदालतले परमादेश दिएको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले कोशी प्रदेश सभाको ठुलो दल नेकपा (एमाले) का संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको हो ।

साउन १६ गते मुख्यमन्त्री नियुक्त हुनुभएका थापाले प्रदेश सभा बैठकको अध्यक्षता गर्नुभएका इस्राइल अन्सारीको मतसहित भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिनुभएको थियो । सभाध्यक्षको मतसहित विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतले उहाँलाई पदमुक्त गरेको हो ।

spot_img

ताजा समाचार

मौरिससमा रहेका १४ हजार नेपाली श्रमिकको अधिकारबारे छलफल

काठमाडौँ । मौरिससमा कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी...

भीरबाट लडेर बझाङका वडाध्यक्ष टंकप्रसाद जोशीको मृत्यु

बझाङ - बझाङको बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंकप्रसाद जोशीको भीरबाट लडेर मृत्यु भएको छ। ५०...

बंगालको खाडीमा चक्रवात विकसित हुँदै, नेपालमा ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने

काठमाडौँ - बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवातमा परिणत हुने र त्यसको प्रभाव नेपालमा...

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले दक्षिण अफ्रिकाका...