आगामी तीन दिन मध्यम वर्षाको सम्भावना

Published on

काठमाडौं । आगामी तीन दिन नै देशभरको मौसम आंशिकदेखि पूर्ण रुपमा बदली हुनेछ। देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम विज्ञान विभाग जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको मध्यप्रदेश आसपासमा न्यून चापीय प्रणाली बनेकाले नेपालमा मौसम बदली हुनुका साथै वर्षा भएको हो ।

मौसमविद् सञ्जिव अधिकारीका अनुसार यस प्रणालीले विशेषगरी मध्य नेपालमा अन्य क्षेत्रको भन्दा बढी पानी पार्ने सम्भावना रहन्छ । अहिले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको उहाँको भनाइ छ । राति कोशी, मधेश र लुम्बिनीका एक–दुई स्थानमा मध्यम वर्षा हुनेछ भने बाँकी भू–भागमा हल्का वर्षाको सम्भावना छ ।

भोलि दिउँसो बागमती, गण्डकीमा मध्यम वर्षा हुनेछ । शनिबार राति गण्डकी, लुम्बिनी र मधेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उहाँको भनाइ छ। आइतबार दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक दुई स्थानमा मध्यम वर्षा हुनेछ । राति भने कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम र बाँकी प्रदेशमा हल्का वर्षाको सम्भावना छ। अब मनसुनको अन्तिम महिना भएका कारणले झरी नै पर्ने सम्भावना नरहेको मौसमविद् अधिकारीको भनाइ छ । नेपालमा मनसुन जेठ ३१ गते प्रवेश गरेको थियो । मनसुन आगामी असोज १५ गतेसम्म जारी रहनेछ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...