आजदेखि सुरु हुँदै बिपी महोत्सव

Published on

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ११० औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसले आयोजना गर्न लागेको ‘बिपी साहित्य महोत्सव’ आइतबार सुरु हुँदै छ । ललितपुरको सानेपास्थित बिपी स्मृति भवनमा तीनदिने महोत्सवको पहिलो दिन बिहान १० बजे प्रजातन्त्रका लागि भएको हवाईजहाज अपहरणको वृत्तचित्र देखाइने छ । ११ बजे पार्टी सभापति शेरबहादुर देउवाले महोत्सवको उद्घाटन गर्नुहुने महोत्सव तयारी समितिले जानकारी दिएको छ ।

करिब ४० मिनेटको उद्घाटन सत्रपछि बिपीको साहित्य सिर्जना र जीवन दर्शन, बिपीको दृष्टिमा बिपी, बिपीको आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण र नेपालको मातृभाषा साहित्य विषयमा विभिन्न वक्ताको संभाषण रहने पार्टीको सूचना तथा सञ्चार विभागले जनाएको छ । यी सत्रसँगै कलाकारहरूले बिपीका बारे प्रत्यक्ष चित्र कोर्नुहुन्छ । ५स्३० बजेपछि भने कविता साँझको आयोजना हुने कार्यतालिका महोत्सव तयारी समितिले बनाएको छ ।

ताजा समाचार

संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा ‘हिमालको पुकार’ वृत्तचित्र प्रदर्शन

काठमाडौँ – संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा...

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...